Canmandu
क्राउनको आइटीमा डबल डीग्री अभियान

यतिबेला अस्ट्रेलियन शिक्षामा नया नया प्रयोगको प्रारम्भ सुरु भएको बेला सीडनीमा रहेको क्राउन इन्सिच्युट अफ हाईएर एजुकेसनले नेपाल अस्ट्रेलिया डबल डीग्री शैक्षिक कार्यक्रम अघि सारेको छ । अस्ट्रेलियामा स्तरिय शिक्षाको मुल मन्त्र जपेर अगाडि बढेको क्राउन नेपाली मुलको लगानी भएको दोस्रो उच्च शिक्षा परियोजना पनि हो । nati-photo-1715512187.jpg

क्राउनले यस पटक आइटी क्षेत्रमा डलब डीग्री शैक्षिक अभियानलाई अगाडि सारेर नेपालमा रहेका युवा विध्यार्थीलाई नेपाल र अस्ट्रेलियाको शिक्षामा आपसी सहकार्यको नया थालनी प्रारम्भ गरेको छ । जसमा काठमाडौ बिश्वबिद्यालयसँंगको सहकार्यमा आइटी बिषयमा डलब डिग्री शैक्षिक अभियान थालनी भएको क्राउनका कार्यकारी निर्देशक नारायण तिवारीले बताए । यस शैक्षिक परियोजना अन्र्तगत काठमाडौ बिश्वबिद्यालयमा दुइ बर्ष आइटीमा ब्याचलर पढिसकेका विध्यार्थीहरु अस्ट्रेलिया आएर क्राउनमा थप दुइ बर्ष पढदै डबल ब्याचलर डिग्री प्राप्त गर्न पाउनेछन । 
यस अभियान अन्र्तगत पहिलो ब्याजको रुपमा गत बर्षको अगष्टमा काठमाडौ बिश्वबिद्यालयमा १७ जना बिध्यार्थीहरु यस डबलडिग्री शैक्षिक योजनामा अध्यनरत रहेको निर्देशक तिवारीले बताए । अस्ट्रेलियाको शैक्षिक क्षेत्रमा केहि चुनिएका र गनिएका उच्चशिक्षा केन्द्रहरुमा क्राउनको नाम अग्रस्थानमा आउने गर्दछ । अस्ट्रेलियामा नेपाली मुलका धनाध्य शेष घलेको एमआइटी उच्च शिक्षा केन्द्रपछि क्राउन नेपाली मुलका अर्का व्यबशायी तथा पुर्व महाबाणिज्यदुत दिपक खड्काद्धारा सन्चालित दोस्रो हाइएर एजुकेशन कलेज हो । 
ब्याचलर डिग्रीमा एकाउन्टीङ,आइटी अन्टरपेनरशिप एन्ड इनोभेसन तथा मास्टर डिग्रीमा आइटी र प्रोफेसनल एकाउन्टीङ समेत रहेको क्राउन उच्च शिक्षा केन्द्रमा नेपाली लगायत कोरियन, जापानीज, भारतिय ,फीलिपीनो बिध्यार्थीहरुको बाहुल्यता रहेको छ । यस पटक हामीले नेपाल र अस्ट्रेलियाको शिक्षालाई जोडने अभियान अन्तर्गत डबल डिग्री कोर्सलाई अगाडि बढाएका हौ र यसले नेपाली विध्यार्थीहरुको शैक्षिक स्तरलाई पनि अस्ट्रेलियासँग जोडने छ भन्ने बिश्वास गरेका छौ , कार्यकारी निर्देशक तिवारीले सुनाए । सन २०१८ देखि प्रारम्भ भएको क्राउनले २००८ वाट भेट शिक्षावाट आफ्नो व्यबशायलाई अगाडि बढाएको थियो । शैक्षिक व्यबशायमा थुप्रै च्यालेन्जहरु छन ,नया बजार नया नया बिषयहरु अहिलेको आवश्यकता हो । यो सँंगसगैं स्तरिय शिक्षा र उपयुक्त शैक्षिक बाताबरण अर्को महत्वपुर्ण पाटोहरु हुन , तिवारीले अस्ट्रेलियन शैक्षिक क्षेत्रको अनुभव सुनाए । 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update