Canmandu
वरिष्ठ साहित्यकार भवानी घिमिरेको सम्झनामा अस्ट्रेलियामा साहित्यिक कार्यक्रम

 वरिष्ठ साहित्यिक पत्रकार एवं कवि भवानी घिमिरेको सम्झनामा अष्ट्रेलियाको राजधानी क्यानबेरामा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भवानी घिमिरेका छोरी महत्ता घिमिरेले अतिथिहरुलाई स्वागत गर्दै “बुवा” कविता वाचन गर्दै कार्यक्रमको सुरुवात थिइन । महत्ताले बुवा आर्दशले आफुलाई पनि कलम समाउन योग्य बनाएको बताइन । भानुको संरक्षक, प्रकाशक शिवानी भट्टराइ घिमिरको सभापतित्वमा सम्पन्न कार्यक्रममा अस्ट्रेलियाका लागि नेपालका राजदूत महामहिम कैलाश राज पोखरेलको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ साहित्कारहरू डा. गार्गी शर्मा, ज्ञानुवाकर पौडेल, बसुधा नेपाल पोखरेल, त्रिपुरा पौडेलले कार्यक्रमको विशेष आथित्यता ग्रहण गर्नु भएको थियो। कार्यक्रममा क्यानबेरा र सिड्नीमा रहेका साहित्यकार र साहित्य प्रेमी हरुको उल्लासमय उपस्थिती थियो । 
अस्ट्रेलियाका लागि नेपालका राजदूत महामहिम कैलाश राज पोखरेलले कबि भवानी घिमिरेको सम्झना गर्दै उहासँग प्रत्यक्ष साक्षात्कार नभएपनि उहाको योगदान बारे धेरै कुरा जानकार रहेको बताए । राजदुत पोखरेलले २०३६ सालको सडक कविता क्रान्तिको अगुवा, साहित्यिक प्रकाशन संघका संस्थापक अध्यक्ष, २०४० सालको भोक कविता आन्दोलनका नेतृत्वकर्ता, महानन्द पुरस्कारका संस्थापक रहेका घिमिरेको व्यक्तीत्व आफैमा बहुआयामिक रहेको चर्चा गरे ।
प्राध्यापक वरिष्ठ साहित्यकार डा. गार्गि शर्माले भवानी घिमिरेले नेपाली साहित्यमा पुरयाउनु भएको योगदान अबिष्मरणिय रहेको चर्चा गर्दै साहित्यिक पत्रकारिताको उहाको बिशेष योगदान महत्वपुर्ण रहेको बताइन । साहित्यकार ज्ञानुवाकर पौडेलले भवानी घिमिरेको सम्झना गर्दै उहाँको राजनीतिक पक्ष र साहित्यिक पाटो दुबै ससक्त रहेको बताए । पौडेलले आफ्नो साहित्यीक यात्रामा पनि घिमिरेको योगदान रहेको भन्दै केहि बेजोड गजल सुनाएर स्रोतालाई मत्रमुग्ध बनाएका थिए ।  त्यस्तै गरि साहित्यकार बसुधा नेपाल पोखरेलले कबि घिमिरेको संझनामा आफ्ना उत्कृष्ठ दुई कविता सुनाएकी थिइन । साहित्यीक कार्यक्रममा प्रकाश सापकोटा, तुल्सा पाण्डे, मनोज रेग्मी, यज्ञ अधिकारी, प्रकाश लुइटेल, किशोर भण्डारी, राजु अर्यालले सुन्दर कविता, गजल, मुक्तक वाचन गरेका थिए । भानु परिवार नेपालकी प्रकाशक शिवानी घिमिरेले आफनो पतिको साहित्यिक यात्रा साहित्यक प्रेम चर्चा गर्दै उहासँगका रोचक क्षणको स्मरण सुनाएकी थिइन । घिमिरेले महामहिम कैलाश राज पोखरेलले देखाउनु भएको भाषा, संस्कृति, साहित्य प्रति उच्च सम्मान व्यक्त गर्दै यस्ता कार्यले भाषा, साहित्यलाई दोस्रो पुस्तालाई हस्तान्तरण गर्न ठूलो मद्दत हुने कुरा बताइन । हरेक वर्षझै यस वर्ष पनि “भानु पत्रकारिता सम्मान” अस्ट्रेलियामा रहेर नेपाली भाषा तथा साहित्यको क्षेत्रमा काम गरेको रेडियो पत्रकार प्रदिप तिमल्सिना र अभिषेक खड्का लाई प्रदान गरिएको थियो । महामहिम 
कैलाशराज पोखरेल र भानुका प्रकाशक शिवानीले ढाका टोपि, र खादा लगाएर सम्मान पत्रवाट पत्रकारद्धयलाई सम्मान गरिएको थियो । बासु चापागाईंले संचालन गरेको कार्यक्रमको प्रारम्भमै सफलताको शुभकामना ब्यक्तगर्दै वरिष्ठ साहित्यकार डा. राम प्रसाद ज्ञवालीले भिडियो सन्देश मार्फत कवि साहित्यकार भवानी घिमिरेको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा नेपाली समाजमा अग्रजहरू डा. कृष्ण हमाल, डा. विनोद उप्रेती, प्रकाश प्रसाइ, दत्त कडेल, सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्ल, एनआरएनका संयोजक विक्रम सुवेदी, अभिषेक उप्रेती, राजन ढुंगेल, जिवन राणा, आदर्श जंग पाण्डे,  सुवास सुवेदी, ललित मल्ल, कलम खड्का लगायतको उपस्थिति रहेको थियो। क्यानबेरास्थित नेपाली राजदूतको निवासमा आयोजना भएको कार्यक्रम भानु परिवारद्धारा आयोजना तथा कवि भवानी घिमिरेको छोरी साहित्यकार महत्ता घिमिरे चापागाईंको संयोजनमा सम्पन्न भएको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update