Canmandu
सीड्नीमा स्तरिय कार्यक्रम पस्कने ड्रीम हाइट्सको योजना

 ड्रिम हाइट्सको प्रस्तुती र मार्कक्यु होम्स तथा एभरेस्ट ट्राभलको प्रायोजनमा दश बर्षपछि सीड्नीको टाउनहलको स्ेटट थिएटरमा मह जात्रा यही जुन २ तारिखका दिन आयोजना हुदैछ । चर्चित हास्यब्यङ्ग कलाकारका रुपमा परिचित मदनककृष्ण श्रेष्ठ र हरिवंश अचार्य १० बर्ष पछि अष्ट्रेलियाको सिड्निमा सिड्निको बिशेष कार्यक्रममा उपस्थीत हुदैछन । साथै कलाकार कुन्ति मोक्तान,नरेन्द्र कंसाकार र ’राता मकै’ किरण केसी मह जात्राका साथ अष्ट्रेलियाको सिड्निमा प्रस्तुती दिनेछन । मार्कक्यू होम्स र एभरेस्ट ट्राभलद्वारा आयोजना गर्न लागिएको महाजात्रा सिड्नीको उत्कृष्ट भेनु सिड्नि फिल्म फेस्टिबल हुने स्ेटट थिएटरमा आयोजना हुने भएकोले पनि बिशेष रुपमा हेरिएको छ । महाजात्राको कार्यक्रम सफल गर्नलाई सिडनीको इभेंट कम्पनी ड्रिम हाइट्सले यसको तयारी थालिसकेको छ । कार्यक्रम आयोजकका रुपमा रहेको ड्रिम हाइट्सका पासाङ शेर्पाले यसलाई एउटा बिशेष महोत्सवको रुपमा हेरिएको बताए । नेपाली हास्यब्यंग क्षेत्रका अग्रजहरुको यो बिशेष प्रस्तुतीले सीड्नीबासी नेपालीलाई भरपुर मनोरन्जन दिने कुरामा हामी बिश्वस्त छौ, शेर्पाले सुनाए । ड्रीम हाइटले सिड्नीमा रहेका नेपाली समाजको चाहाना अनुसार कलाकारहरुलाई अष्ट्रेलियामा बोलाएर विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । कार्यक्रमको सबै तयारी पुरा भैसकेको र अब दर्शक दिर्घाको माया र ममता अनि सदभाव अहिलेको आवश्यकता रहेको शेर्पाले सुनाए । 
स्तरिय कार्यक्रम र दर्शकको सन्तुष्टी हाम्रो चाहना हो ,यसैका लागि पनि यस पटक एक दशकपछि मह जोडीलाई सीड्नी बोलाएर सबैको मुखमा हासो ल्याउने प्रयास गरेका हौ, एभरेष्ट ट्राभलका कार्यकारी प्रमुख इर्साद अहमदले बताए । सीडनीको मुटुमा रहेको टाउनहलमा रहेका एतिहासिक स्ेटट थिएटरमा कमै मात्र नेपाली कार्यक्रम हुने गरेका छन । यो आफैमा मह जोडीको लागि ठुलो सम्मान पनि हो, हामीले यसका लागि तयारी पुर्ण तयारी गरिसकेका छौै । सीडनीका नेपाली दर्शकदिर्र्घावाट यसमा सहयोग र सदभाव पाउने बिश्वास लिएका छौ , इर्सादले बताए । 
यो एक दशकपछिको नेपाली महोत्सवका रुपमा हामी सबैले लिएका छौ, नेपाली कलाकारीताका दुइ मुर्धन्य ब्यक्तीत्वको बिशेष प्रस्तुती र त्यसमा किरण केसी, कुन्ती मोक्तानजस्ता चर्चित कलाकारको उपस्थीतीले कार्यक्रमले रौनकता थप्ने कुरामा हामी बिश्वस्त छौ, इर्शादले सुनाए । सीडनीमा धेरै खाले कार्यक्रमहरु हप्तौ भैरहन्छन तर यो कायक्रम केहि फरक र अलग हुने कुरामा हामी बिश्वस्त छौ किनभने हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको उपस्थीती र प्रस्तुती बिरलै हेर्न र देख्न पाइन्छ , इर्शादको कथन थियो । 
जुन २ मा सबै सीड्नीबासी नेपालीलाई टाउनहलमा उपस्थीती दर्शाएर मह जोडीको सम्मान गरिदिन पनि इर्शादले अनुरोध गरेका छन । 


 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update