Canmandu
सीड्नीको 8848 उदघाटनमा महानायक राजेश हमाल 



संसारभर मुलुकको पहिचानको माध्यम बनेको सगरमाथाको उचाई ८८४८ मिटरलाई संझाउने र नेपाली परिकारद्धारा मुलुक झल्काउने अभियानमा लागेको नेपाली रेस्टुरेन्ट ८८४८ को सीड्नी उपशाखाको उदघाटन महानायक राजेश हमालले गरेका छन । नायक हमाल रेस्टुरेन्टको निम्ता मान्न अस्ट्रेलिया आइपुगेका हुन । 
अस्ट्रेलियाको ब्रिसबेनलाई केन्द्र बनाएर सन्चालन गरिएको ८८४८ रेस्टुरेन्टको फ्रेन्चाइजका रुपमा सीडनीको पारामाटा शहरमा खोलिएको यो रेस्टुरेन्टको उदघाटन गर्दै महानायक राजेश हमालले नेपाली परिकारको माध्यमले मुलुक चिनाउने यस्ताखाले व्यबशायहरुको प्रवर्धन गर्न पाउँदा आफुलाई खुसी लागेको बताए । 
करिब तिन चार सय मानिशहरुको उपस्थीतीमा नायक हमालले रिबन काटदै रमाइलो पारामा रेस्टुरेन्ट उदघाटन गर्दै आफ्ना 
प्रशंसकहरुसँग बसेर फोटो शेसन गरेका थिए । 
ब्रिजबेनमा रहेका युवा व्यबशायी होम प्यासीले संचालनमा ल्याएको यो आठ हजार आठसय अठचालिस रेस्टुरेन्ट अहिले ब्रिजबेन र सीडनीमा गरी कुल १० वटा फ्रेन्चाइज रेस्टुरेन्ट सन्चालनमा छन । सीड्नीको पारामाटाको फ्रेन्चाइज भने सीडनीका युवाहरु असोक तिमल्सीना र महेश दाहालले सन्चालनमा ल्याएका हुन । 
संसारको शिरका रुपमा रहेको सगरमाथा र यसको उचाइलाई नामाकरण गरिएको यो रेस्टुरेन्ट आफैमा मुलुक चिनाउने महत्वपुर्ण माध्यम भएकोले यसलाई सीड्नीमा प्रारम्भ गर्नुपर्छ भनेर हामीले महानायकद्धारा उदघाटन गराएर सुरु गरेका हौ, सीड्नीका सन्चालक अशोक तिमल्सीनाले बताए । 
मुलक चिनाउने अनेकन माध्यम हुन्छन र खाना पनि त्यसमध्ये एक हो , ८८४८ ले मम देखि सबैखाले नेपाली परिकार पस्केर व्यबशायीक माध्यमले नेपालीत्व जगाउने प्रयास गरेका हौ, तिमल्सीनाले बताए । 
निकै रमाइलो बाताबरणमा नायक हमालले नाच्दै रिबन काटेपछि पारामाटाको ८८४८ को औपचारिक आरम्भ गरिएको थियो । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले यस्ता खाले व्यबशायले मुलुकको प्रवर्धनमा टेवा पुग्ने कुरा बताए । रेस्टुरेन्टका अर्का सन्चालक महेश दाहालले नामैले मुलुक चिनाउने व्यबशाय आरम्भ गर्दा आफुलाई पनि गौरव लागेको बताए । कार्यक्रममा बार्डिया नेपाली समाजका अध्यक्ष रन्जितराज वन्तलगायतको उपस्थीती रहेको थियो ।


 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update