Canmandu

 माछा मार्नजाँंदा दुई नेपाली विध्यार्थीको मृत्यु
हेमन्त काफ्ले 
सीडनीको दक्षिण तटीय क्षेत्र कुर्नेलको केप सोलान्डर ड्राइभमा माछा मार्न गएका दुई नेपाली विध्यार्थी सोमबार मृत भेटिएको स्थानिय प्रहरीले जनाएको छ । सोमबार साँंझ २२ र २५ बर्ष उमेरका गोरखा र दोलखा घर भएका दुइ नेपाली विध्यार्थी कुर्नेलस्थीत चट्टानी क्षेत्रमा माछा मार्न पुगेका थिए । तर लाइफ ज्याकेट र सुरक्षीत कवच बिनानै सामान्य पहिरनमा माछा मार्न गएका यी दुबै नेपाली 
विध्यार्र्थीलाई पानीको छालको बहाबले समुन्द्रमा तानेपछि उनिहरुको मृत्यु भएको स्थानिय प्रहरील जनाएको छ । हेलिकप्टर र स्थानिय मरिन र पारमेडिक्सको टोली उनिहरुको बचावको लागि प्रयासरत रहेतापनि सफल हुन सकेको थिएन । 
स्थानिय काउन्सिलद्धारा घोषित हाइरीस्क रक फीसीङ क्षेत्रमा उनिहरु माछा मार्न गएतापनि आवश्यक सुरक्षीत व्यबस्थापन नगरेका कारण पनि उनिहरुको ज्यान गएको हुनसक्ने स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन । 
उच्च अध्यनका लागि भर्खरै अस्ट्रेलिया आएका यी दुइ युवाहरु सोमबारको दिन रमाइलोको लागि माछा मार्न गएका थिए । तर अफसोच उनिहरुले ज्यान गुमाउनु परेको छ । 
बाल र निश नाम गरेका यी दुइ नेपाली विध्यार्थीले अकालमा यसरी ज्यान गुमाउनु परेकोमा नेपाली समाज अत्यन्तै दुखी र मर्माहत भएको छ । यस बर्ष मात्र समुन्द्रमा डुबेर वा अन्य कारणले दशु भन्दा बढि नेपाली विध्यार्थीले ज्यान गुमाइसकेका छन । पछिल्लो हप्ता मात्र डार्बिनमा एक नेपाली विध्यार्थीले मानसिक तनाबका कारण दशौतलावाट हाम्फालेर ज्यान फालेका थिए । 
एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले उच्च अध्यनको लागि उज्वल भबिष्यको कल्पना गरेर पढन आएका विध्यार्थीहरुले साना तिना गल्तीले ज्यान गमुाउनुपर्दा सारै पीडा हुने बताए । समुन्द्र क्षेत्रमा पौडि खेल्न होस या यस्ता गतिविधि गर्दा आफु सुरक्षीत हुने अवस्थामा मात्र मनोरन्जन गर्न सबैमा एनआरएनले अनुरोध गरेको पोखरेलले बताए । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update