Canmandu
क्राउन इन्सिच्युट गल्फमा बिशाल विजयी

नेप्लीज गल्फर एशोसिएनको आयोजना तथा क्राउन इन्सिच्युट अफ हाइएर एजुकेशनको प्रायोजनमा सन्चालन भएको एक दिने गल्फ प्रतियेगिताको चौथौ चरणको उपाधि बिशाल श्रेष्ठ विजयी भएका छन । नेपाली तथा अन्य देशका करिब २० जना खेलाडीले सहभागिता जनाएको गल्फ प्रतियोगिता स्टेबलफोर्डका आधारमा खेलाइएको थियो । जसमा श्रेष्ठले चालिस अंक हात पारेका थिए । दोस्रो स्थानमा ३६ अंक सहित सुदिप बास्तोलाले बाजी मारे । यस्तै प्रतियेगिताको क्लोज टु दी पीनको उपाधि मिलन श्रेष्ठले हात पारे भने लंगेष्ट ड्राइभमा केन्द्रजीले बाजी मारे । जोर्जे रिभर काउन्सिल गल्फ कोर्समा सम्पन्न प्रतियोगिताका विजेताहरुलाई एनएसडब्लुका पुर्व महाबाणिज्यदुत दिपक खड्काले उपाधि तथा प्रमाणपत्र बितरण गरे । आफु पनि एमेच्यौर गल्फर रहेका खड्काले बिदेशमा बसेर पनि गल्फ खेलको माध्यमवाट नेपाली बिच एकताको सदभाव कायम हुनु महत्वपुर्ण उपलब्धी भएको बताए । आयोजक संघका दिपक पहारीले प्रायोजक क्राउनलाई धन्यवाद दिदै अर्को श्रृंखला स्टा्ेन कटर गल्फ कोर्समा आयोजना हुने जानकारी गराए । 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update