Canmandu
सीडनीको स्टेट थिएटरमा मह जोडीको धमाका

सीड्नीको स्टेट थिएटरमा नेपाली हास्यब्यंग क्षेत्रका बहुचर्चित ब्यक्तीत्व मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रवेशसँंगै जब हजारौ दर्शकदिर्घाले उठेर उनको सम्मानमा तालि बजाउदै स्टान्डीङ ओभेसन दिए तब उनिहरु भावुक हुदै भने दर्शक मेरा भगवान हुन,यसरी नउठिदिनुस , मलाई रिनको भारी बोकाएजस्तो लाग्छ । पार्किन्सन रोगले थलिएका मदनकृष्ण श्रेष्ठ र जोशिलो मुद्रामा देखिएका 
हरिबश भावुक दर्शकको माया र सम्मान देखेर निकै भावुक बनेका थिए । 
मदनकृष्णले आफ्ना लोकप्रीय गीतहरु फुलबुट्टे सारी, एउटा सपना छ तिमीलाई माया गर्ने लगायतका केहि गीतहरु नसकी नकसी उठ्दै बस्दै गाउदैगर्दा धेरै दर्शक श्रोता भावुक देखिन्थे । दर्शकहरु बसेर गाउन हुटिङगर्दा पनि श्रष्टा मदनकृष्ण भने केहिले उठथे अनि नसकेपछि बसेर गाउथे । 
करिब तिनवटा गीत गाएपछि निकै भावुक मुद्रामा प्रस्तुत हुदै मदनकृष्णले दर्शकमाझ भने, गित गाउन सास पुग्दैन तै पनि साहसमा अझै कमि आएको छैन । यो सबै तपाइहरुको माया ममताको प्रतिफल हो । अझै थुप्रै दर्शक श्रोता माझ पुगौ भन्ने आत्मबल आउछ तर आत्मबल भएर हुदैन रैछ हातमा बल पनि चाहिदो रहेछ ,मदनकृष्णले आफ्नो स्वास्थप्रती इंकित गर्दै भने । 
करिब दश बर्षपछि सीड्नीमा आयोजित मह जात्रामा यस पटक मदनकृष्ण हरिवंशको जोडीको होल बडि चेक अप र हरिवंश आचार्यको उपाध्याय मम सेन्टर निकै रोचक र घोचक रहयो । 
मह जोडीको बिशेष प्रस्तुतीका रुपमा रहेको होल बिड चेकअप देशको आर्थिक, सामाजिक परिवेशममा केन्द्रित रही नागरिकको स्वास्थजस्तो महत्वपुर्ण क्षेत्रा पनि देखिएको लापरबाहीका बिशेषमा तिखो व्यंगबाणका रुपमा रहेको छ । मुलुकको पछिल्लो परिस्थीती र नागरिकको स्वास्थमा हुने लापरबाहीको उदाहरणका रुपमा रहेको होलबडी चेकअपले नेपालमा मौलाएको निजि हस्पीटल र मनपरीतन्त्रको पराकाष्टालाई तिखो प्रहार गरेको छ । होल बडि चेकअपप्रहसनमा नरेन्द्र कशांकारले चिकित्सकको भुमिका र मदनकृष्णले हस्पीटल मालिकको भुमिका निर्वाह गरेका थिए । 
यस्तै स्टेजमा अझै फुर्तिला देखिएका हरिवंश आचार्यको उपाध्याय मम सेन्टरको उदघाटनले नेपाली राजनिति क्षेत्रमा देखापरेका बिकृती र बिसंगतीलाई उजागर गर्ने प्रयास गरिएको छ । मुलकको राष्ट्रीय खानाका रुपमा ममलाई केन्दिबन्दु बनाएर नेपाल भारतको सम्वन्धसंगै हाम्रा राजनितीक दलका नेताहरुको भ्रष्ट छबिलाई यो ब्यंगले मर्ममै प्रहार गरेको देखिन्छ । बाहुनको छोरोले खोलेको मम सेन्टर उदघाटन गर्न गएका एक मन्त्री र उनको मन्तब्यमा बुनिएको यो ब्यंगले नेपाली समाजको आर्थिक, सामाजिक र राजनितीक पाटोलाई नराम्ररी गिजोेलेको छ । 
तालिको गडगडाहटसँंगै हरिवंशको प्रस्तुतीले सीड्नीको दर्शकदिर्घालाई मन्त्रमुग्घ पारेको थियो । हरिवंशले यस बाहेकपनि सम्वोधनको पाटोमा केहि पछिल्ला घटनाक्रमसँंग जोडिएका बिषयमा ब्यंगात्मक तबरले खरो उत्तर दिएका थिए । कुनैपनि कार्यक्रममा सम्वोधनका क्रममा महिला तथा सज्जनबृन्द भन्न कठिन हुने भन्दै सहभागि राजनितीक दल र संघ संगठनका प्रतिनिधिहरु सबै सज्जन नहुने हुनाले यसो गर्न पनि नमिल्ने भन्दै रमाइलो गरेका थिए । उनले कोहि सहकारी ठग, केहि भ्रष्टाचारी र कोहि व्यभिचारी हुन सक्ने भएकोले अबका दिनमा सबैलाई मनुष्य जाति भनेर सम्वोधन गर्नु पर्न बेला आएको भन्दै हसाएका थिए । 
सीडनीको ड्रीम हाइटसको प्रस्तुती र मार्कक्यु होम्स तथा एभरेस्ट ट्राभलको प्रायोजनमा दश बर्षपछि सीड्नीको टाउनहलको स्टेट थिएटरमा मह जात्रा आयोजना भएको हो । 
किरण केसीको प्रस्ुततीवाट प्रारम्भ भएको कार्यक्रममा चर्चित गायिका कुन्ती मोक्तान, शिला बहादुर मोक्तान लगायत स्थानिय कलाकार महेश प्रशाइले आआफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रममा आयोजकका तर्फवाट ड्रीम हाइट्सका पासाङ शेर्पा र मार्क क्युका इर्शाद अहमदले कार्यक्रमको आयोजना मह जोडीको सम्मानका रुपमा पनि रहेको बताएका थिए । अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले कार्यक्रमको आयोजना महत्वपुर्ण रहेको बताउदै प्रायोजक एक्सपर्टका बदी अर्याललगायतलाई सम्मानपत्र बितरण गरेका थिए । करिब १७ सय दर्शकले भरिभराउ स्ेटट थिएटरमा पहिलो पटक नेपाली कार्यक्रम सम्पन्न भएको हो । 
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update