Canmandu
हिजो पाउरोटी बनाउथे ,अहिले सात वटा बेकरी चलाउछन


उज्वल भबिष्यको सोचमा अध्यनका लागि बिदेशिएका नेपाली युवाहरु पनि परिश्रम र मिहिनेतको माझ सफल व्यबशायी बन्न सक्छन भन्ने कुरा एक नेपाली युवाले प्रमाणित गरेर देखाएका छन । 
गैडाकोटका शेखर तिवारी सन २००८मा उच्च अध्यनको सीलसिलामा अस्ट्रेलियाको सीड्नी आइपुग्दा उनले के गर्ने र के बनिन्छ भन्ने केहि सोचेका थिएनन ।उनि यतिखेर एउटा सफल बेकरी व्यबशायीका रुपमा सीड्नीमा स्थापीत हुनेक्रममा रहेका छन ।  बस पढाइ र बसाइलाई धान्ने कामको खोजिमा शेखरले सीडनीको प्याटिसन बेकरीमा काम पाए । एकाउन्टिङ पढन आएका शेखरले बेकरीमा ध्यान र मन लगाएर काम गरे । आठ बर्ष साहुको जागिर खाएपछि शेखरलाई बेकरीले तान्यो र जान्यो पनि । शेखरले बेकरीकै प्याटिस्ट्री विधामा एडभान्स डिप्लोमाको अध्यन पनि पुरा गरे । गैडाकोटे युवा शेखरमा एउटा हुटहुटी थियो,जे सिकियो,जानियो र पढियो अब त्यसैमा लाग्नुपर्छ र भिड्नुपर्छ भन्ने । 
उनले यसै बिच २०१८ मा  बेकर्स डेलाइट्सको फ्रेन्चाइज किनेर पाउरोटी उद्योगमा हात हाले । अस्ट्रेलियाको बेकरीमा ब्रान्ड बनेको बेकर्स डेलाइट्सका अहिले पनि अस्ट्रेलियामा करिब ६ सय  र न्युजिल्यान्डमा सयौ फ्रेन्चाइजीहरु सन्चालनमा छन । सीडनीको डुरल भन्ने स्थानमा पहिलो प्रेन्चाइज बेकरी प्रारम्भ गरेका शेखरले पहिलो स्टोरलाई मिहिनेत र परिश्रमले फाइदामा लगे । पहिलो स्टोर किनेका शेखरले यसलाई बिस्तार गर्दै २०२०मा नर्थरक्समा दोस्रो स्टोर किने । व्यबशायलाई बिस्तारगर्दैजाांदा शेखरले आफ्ना हात र साथका रुपमा भाइ ऋषी तिवारीलाई पनि सँंगसँंगै हिडाए । नर्थरक्सले पनि शेखरलाई सफलता दिलायो । उनको दोस्रो स्टोरमा पनि मिहिनेतले रंग ल्याएपछि उनि हौसीए । त्यसपछि उनको यात्रा थप अगाडि बढ्यो । २०२१ मा शेखरले सीडनीकै ब्ल्याक टाउनको बेकर्स डेलाइट्स किने । प्राय गोराहरुको बस्तीमा झांगिने पाउरोटी व्यबशायलाई मल्टीकल्चर सोसाइटीमा टिकाउने उनको यो प्रयासले पनि सफलता पायो । प्राय एशियन र त्यसमाथि साउथ एसियन कम्युनिटीको खानपीन अलग र फरक हुने हुनाले ब्रान्डेड बेकरी व्यबशाय टिकाउन उनलाई हम्मे हम्मे थियो । तर शेखरले यसलाई चुनौतीका रुपमा लिए । व्यबशायलाई फराकिलो दायरामा लाने प्रयास शेखरको प्रयास अझै जारी रहयो । सन २०२२मा मेनाइमा उनले अर्को स्टोर किने । यो निकै महंगो थियो । करिब एक मिलियन डलरको यो स्टोर उनका लागि ठुलो परियोजना सरह थियो । तर मेनाइमा उनले राम्रो गरे । अस्ट्रेलियनहरुको कोर एरिया भएकोले पाउरोटी संस्कृती मौलाउने कुरामा शेखर बिश्वस्त थिए । सीडनी र वरपरका क्षेत्रलाई आफ्नो व्यबशायीक घराना बनाएका शेखरले २०२२मा राजधानी क्यानबेराका टगरननमा अर्को स्टोर किने । यसरी एकपछि अर्को गर्दै पाउरोटी व्यबशायमा सफलता हात पारेका युवा व्यवशायी शेखरले पछिल्लो बर्ष स्प्रीङउड र गामिया पनि थपे । यी बेकरी उद्योगले पनि उनलाई थप अगाडि बढायो । शेखर केहि महिनापछि अर्को नया स्टोर जेराबेम्बा थप्ने योजनामा समेत उनको अभियान जारी छ । 
यसरी पाउरोटीको पीठोवाट काम आरम्भ गरेका शेखर यतिबेला सातवटा बेकर्स डेलाइट्सको साहुजी बनेका छन । उनी अझै बिहान चार बजे उठेर कुदछन र आफ्ना स्टोरको देखभालमा अबेरसम्म रहन्छन । भर्खरै मात्र सीडनीको युवाहरुको संस्था नयाले समेत उनलाई सफल युवा ब्यवशायीका रुपमा समन गरेको छ । हरेक कुरामा लगन र परिश्रम आवश्यक हुन्छ तर कुनै एउटै बिषयमा लागिरहने हो भने त्यसमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने मेरा अनुभव हो , शेखर आफ्नो श्रीबृद्धीका बारेमा यसरी अभिमत प्रकट गर्छन । एकाउन्टिङ पढन आएको थिए , बेकरीमा काम पाइयो त्यसैमा आठ बर्ष बिताउदा जे सिकियो त्यही काममा निरन्तरता दिने प्रयास जारी छ , शेखरले सुनाए । हाल शेखरका स्टोरमा करिब दुइ सय जना कामदार रहेका छन भने त्यसमा पचास प्रतिसत नेपाली युवाहरु रहेको उनले बताए । मेरो अनुभवले सिकाएको कुरा के हो भने युवा साथीभाइहरु जे गर्ने हो त्यसमा निरन्तरता दिनु जरुरी रहन्छ ।
यतिबेला शेखर करिब करोडौको पाउरोटी बेच्छन र उनको लागानी चालिस करोडको हाराहारी पुगिसकेको छ । यो ठुलो र बिशाल हैन तर एउटा सामान्य नेपाली युवाले बैदेशिक भुमिमा छोटो समयमा गरेको उन्नती र प्रगतीको कथा भने पक्कै हो । 
बेकर्स डेलाइट्समा पाउरोटी पेस्ट्री र स्वीटका दुइ सय चालिस भेराइटी रहन्छन तर हरेक स्टोरमा कम्तीमा एक सय दश भेराइटी रहनै पर्दछ । बेकर्स डेलाइट्स अस्ट्रेलियाको कोर फ्रेन्चाइजी पाउरोटी व्यबशाय भएता पनि यसमा धेरै नेपालीहरु संल्गन रहेको पाइन्छ । १९८० वाट सुरु भएको यो फ्रेन्चाइजी व्यबशायमा बिजय फुयाल लगायतका केहि नेपालीहरु दशकौ अघिदेखि संल्गन भएर सफलता हात पारेपछि पछिल्ला पुस्ताका युवाहरु पनि यसमा आकर्षित भएका हुन । 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update