Canmandu
सीड्नीका संजीव शर्मा बाणीज्यदुत नीयुक्त       

    नेपाल सरकारले विभिन्न देशमा रहेका विशिष्ट व्यक्तिहरुलाई  वाणिज्यदूतमा नियुक्त नियुक्त गरेको छ ।गत शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको कार्यक्षेत्र रहनेगरी युवा व्यवसायी सञ्जीवकुमार शर्मालाई अवैतनिक वाणिज्यदूत नियुक्त गरेको हो । उनी शैक्षीक तथा पर्यटन व्यवसायमा संल्गन छन । 

त्यस्तै अष्ट्रेलियाको भिक्टोरिया राज्य कार्यक्षेत्र रहनेगरी निराजन गौलीलाई अवैतनिक वाणिज्यदूत पदमा नियुक्त गर्ने निर्णय गरेको छ । गौली माओबादी नीकट मानीन्छन । यसअधी मेलवर्नका सामाजीक अभीयन्ता चन्द्र योन्जन बाणीज्यदुत थीए । सीड्नीमा भने दिपक खड्काले महाबाणिज्यदुतको भुमिकामा लामो समय नेपाली समुदायको सेवा गरेका थिए । पछिल्लो पटक भने स्वास्थको कारण देखाउदै खड्काले राजिनामा गरेपछि यो पद रिक्त भएको थियो ।

न्यू साउथ वेल्स राज्यको कार्यक्षेत्र रहनेगरी अवैतनिक वाणिज्यदूत नियुक्त भएका सञ्जीवकुमार शर्मा प्रतिष्ठित व्यवसायी हुन् भने उनी समाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । उनको नियुक्तिलाई त्यहाँ रहेका नेपालीहरुले पनि स्वागत गरेका छन् ।पछील्लो चार महीना देखि सीड्नीमा बाणीज्यदुत नहुँदा यहा रहेका पचासौ हजार नेपाली वीध्यार्थी समस्यामा परेका थीए ।

विगतमा राजनीतिक निकटताका आधारमा हुने गरेको वाणिज्यदूतको नियुक्ति यसपटक स्वच्छ छवि भएका र प्रतिष्ठित व्यक्तिलाई नियुक्त गरेको भन्दै सरकारको प्रसंशा भएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update