Canmandu
सीडनीको मुटुमा खुल्यो नेपालीको माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता उल्लेख्य बन्दै गएको छ। ओपेराको आगनमा रहेको सीडनीको मुटुमा रहेको टाउनहल क्षेत्रको सार्क होटलको तल्लो तलामा यसै साता लामो समयको प्रयासपछि नेपालीको लगानीमा माया लाउन्स एन्ड बार सन्चालनमा आएको छ।

कार्यक्रमको सीलसिलामा सीडनी आइपुगेका मह जोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले अनौपचारीक रुपमा यस पबको उदघाटन गरेका थिए। उनिहरुले नेपाली व्यबशायीले अस्ट्रेलियाको सीडनीमा समेत यति बिशाल पब सन्चालनमा ल्याउनु अर्थपुर्ण र महत्वपुर्ण भएको बताए।

करिब तिन सय क्षमता भएको माया लाउन्स बारको औपचारिक रुपमा नेपालको चर्चित अग्लीज ब्यान्डको संगितसँंगै शुक्रबार औपचारिक सुरुआत हुने भएको छ। दश बर्षपछि एकाकार भएको अग्लीज ब्यान्डले शुक्रबार आफ्नो गित संगित घन्काउदैगर्दा सीडनी शहरमा पनि नेपाली गित संगितले आफनोपन झल्काउने भएको छ। 


अस्ट्रेलियामा नेपालीको लगानीमा राम्रा रेस्टुरेन्ट र  साना तिना पब नभएका होइनन तर करिब तिस करोडको लगानिमा तिन बर्ष लगाएर नेपालीपन झल्काउने माया संभवत ठुलो आकारको पहिलो नेपाली पब हुने छ। सीडनीको रात्रि जिवनमा नेपालीपन झल्काउने र मनोरन्जनको आभास दिने माया लाउन्ज पहिलो पब हुने यसका व्यबस्थापक सिर्दाथ पौडेल बताउछन। बिदेशी भुमिमा करिब तिन सय क्षमता भएको र शहरको मुख्य चोकमा रहेको मायाको सुरुआत मायालुहरुको लागिअ बिस्मरणीय हुने बिश्वास लिएका छौ, पौडेलले बताए।

शहरको मुख्य चोकमा रहेको माया पब नेपालीहरुको लागिमात्र नभइ अस्ट्रेलियनहरुको लागिपनि फरक स्वादको अलग लाउन्ज बन्ने छ। प्राविधिक र कामकाजी समस्यामा करिब तिन बर्षदेखि योजनामा रहेको माया लाउन्जले निकै व्यबधान पार गर्दै आफ्नो स्वरुपको उजागर गर्न पाएको हो।  यसका लागि नेपाली मायासँंग जोडिएका नामलाई पनि हामीले खानेकुरा र पेयका बिभिन्न परिकारसँंग जोडेका छौ, जस्तो रानीमहल ककटेल होस या ठेट नेपाली स्वादका परिकार , पौडेले भन्छन।

यसको बिशेषता भनेको नेपाली गित संगित र नेपालीपनको पहिचान अनि प्रर्वधन पनि हो, लगानिकर्तामध्ये एक राम श्रेष्ठ बताउछन। हामीले धेरै अघिदेखि यसको तयारी थालेका थियौ तर प्राविधिक र अन्य समस्याले केहि ढिलो भएको छ तर हामी आशाबादी छौ, किनभने माया लाउन्जले नेपाली तथा अस्ट्रेलियनहरुको माया पाउने कुरामा हामी बिस्वस्त छौ रामले सुनाए।  नेपाली स्वाद र गित संगित अनि नामले पनि मुलुकको पहिचान कायम हुन्छ भन्ने कुरा हामीले देखेका छौ र यसै कारण पनि यसको नाम माया बन्न पुगेको हो , रामले लाउन्जको परिकल्पनाका बारेमा बताए। 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update