Canmandu

hhhhhhhh-1722158587.jpg
सीड्नीको नेपालीहरुको बाक्लो बस्ती रहेको ग्रानभलिको फ्लेर्भस अफ नेपालमा गायिका समीक्षा अधिकारीले छोटो मिठो सांगितिक प्रस्तुती दिएकी छिन । सामाजिक कार्यमा आवद्ध राकु समाज अस्ट्रेलियाले नेपाली संगीतमा उल्लेखनीय योगदान दिए वापत समीक्षाको कार्यक्रम सहित सम्मान कार्यक्रमको आयोजना गरेको हो । उनले आफना केहि चर्चित गितहरु पस्केकी थिइन । 

कार्यक्रममा राकु समाज अस्ट्रेलियाका अध्यक्ष शिव रकालले गीत–संगीत मार्फत नेपाली समुदायमा उत्साह र चेतना फैलाइरहेकी गायिका अधिकारीलाई फ्लेभसमा सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।
सिड्नीको ग्रानभिलमा फ्लेभर्स अफ नेपालको आयोजनामा ‘राकु समाज च्यारिटी नाइट’ नाममा समीक्षाको कन्सर्ट समेत आयोजना गरेको थियो । कार्यक्रममा उनले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरेकी थिइन् ।
फ्लेभर्स अफ नेपालका प्रमोटर राजेश केसीले गायिका समीक्षा अधिकारीलाई धन्यबाद दिदै सिड्नीबासी संगीतप्रेमी नेपालीमा उत्साह थपिएको बताए । कार्यक्रममा समिक्षासगै नायक आमेश भन्डारी र किरण माइकलले पनि गित संगित प्रस्तुत गरेका थिए । 
 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update