Canmandu

मन बहादुर न्यौपाने 
उन्नत श्रम बजारको सम्भावना र यसका चुनौतीहरुका बिषयमा चासो राख्दै वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक डा द्धारिका उप्रेती सहितको टोली अस्ट्रेलिया आइपुगेको छ ।
अस्ट्रेलियाका नेपाली र श्रम बजार ,यसको संभावना बुझन र अध्यन गर्न आएको टोलीले प्रारम्भमा एनआरएन अस्ट्रेलियासँंग एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ । जसमा रोजगार बोर्डले बैदेशिक रोजगारीमा गएका र जोडीएका परिवारलाई दिदै आएको मानसिक स्वास्थ शिक्षा र टेली मेडिसिन जस्ता कार्यक्रमहरु पनि आवश्यक परेमा उपलब्ध गराउने बचनद्धता प्रकट गरेको छ । कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी निर्देशक उप्रेतीले नया गन्तब्य र उन्नत श्रम बजारको खोजी पनि बोर्डको कार्ययोजना भित्र पर्ने भएकोले यसलाई अगाडि बढाइएको जानकारी दिए । उप्रेतीले भने,जब नेपाली समुदायको उल्लेख्य सहभागिता रहन्छ त्यहा संभावनाका अन्य पाटाहरु पनि देखिन थाल्छन ,यसैले पनि अस्ट्रेलिया सरकारसँंग श्रम संझौता गर्न सकीयो भने अर्थ र प्रविधिका सवालमा हाम्रो श्रम बजारले महत्वपुर्ण उपलब्धी हासिल गर्न सक्ने देखिन्छ । त्यसैको प्रारम्भीक बिन्दुका रुपमा यहाका समुदाय , एनआरएन र राजदुतावास लगायतका निकायहरुसँंग बिषयको उठानका लागि हामी आइपुगेका हौ । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले मानसिक स्वास्थ र टेलि हेल्थसँंगै अस्ट्रेलियाको कृषीमा श्रमीकको ठुलो बजार भएकोले यसमा हाम्रो जस्ता कृषी प्रधान देशले पहल सुरु गर्नुपर्ने बताए । उनले भर्खरै नेपाल र अस्ट्रेलिया बिच ब्यापार संझौता सम्पन्न भएको र यसले श्रम संझौताको पनि वाटो खुल्न सक्ने हुनाले यसलाई वोर्डले सरकार समक्ष प्रस्तावका रुपमा लगोस भन्ने आफुहरुको चाहना रहेको बताए । अस्ट्रेलिया कृषीमा उन्नत प्रविधीयुक्त मुलुकका रुपमा कहलिएकोले पनि नेपालीहरु कृषी मजदुरका रुपमा आउन पाए पैसासँंगै शिप र दक्षता लिएर फर्कने अध्यक्ष अनिलको कथन थियो । 
एनआरएनका केन्द्रिय सल्लाहकार दिनेशराज जोशीले अस्ट्रेलिया र नेपाल सरकारको कुतनितिक सम्वन्ध निकै लामो भएपनि संभावना र अवसरहरुलाई भने अगाडि लान नसकेको तितो सत्य भएको बताए । दक्षिण एशियाका कतिपय देशले वर्किङ होलिडे भिषा पाइसकेका छन तर नेपालले त्यसमा पनि पहल गरेको छैन । दुइ बर्षका लागि पाइने यो भिषामा आउनेले फुल टाइम कृषीमा काम गर्ने अधिकार समेत प्राप्त गर्छन । अहिले साउथ अमेरिका, पुर्वी एशिया र युरोपवाट १० औ हजार यस्ता भिषा होल्डरहरु कृषी मजदुरमा कार्यरत छन, जसमा निकै राम्रो आम्दानी छ । 
एनआरएन अस्ट्रेलियाका सल्लाहकार बुद्धी डल्लाकोटीले संभावना र चुनातीका बिच पहलकदमी महत्वपुर्ण कदम भएको बिचार ब्यक्त गरे । डल्लाकोटीले भने रोज्नु परयो , खोज्नु परयो अनि त पाइन्छ , नेपालले कहिले संभावनामा पहलकदमी नै गरेको देखिदैन । कार्यक्रममा एनआरएन नारी निकुन्जकी अध्यक्ष संगिता चापागाइले यहा हजारौ विध्यार्थीहरुमा मानसिक स्वास्थमा समस्या देखिएता पनि उनिहरु खुलेर बाहिर आउन नसक्दा समस्याले उग्ररुप लिदै गएको बताइन । यसलाई नेपाल सरकारले पनि गम्भीर रुपमा लिएर आउनुअघि नेपालमै अभिभावक समेतलाई राखेर कक्षा संचालन गर्ने हो भने प्रभावकारी हुने बताइन । 
कार्यक्रममा एनआरएन एनएसडब्लुकी उपाध्यक्ष दिपा जोशीले मानसिक स्वास्थपनि एउटा सामान्य रोग हो ,यसवाट मुक्ती पाउन सकिन्छ भन्ने सोचको बिकास गर्न जरुरी रहेको बताइन । नत्र नेपाली समाजमा यस्ता समस्यामा परेका विध्यार्थीहरु सार्वजनिक हुन नचाहने प्रर्वतीले बढी समस्या ल्याएको जोशीले बताइन । एनआरएन अस्ट्रेलियाका केन्द्रिय सदस्य सत्य प्रकाश कडेलले विध्यार्थीहरुलाई सरकारले श्रम बजारमा परिभाषमा नराखेको र अस्ट्रेलिया कामदारका रुपमा निजी श्रेत्रवाट प्रायोजन भिषामा आउनेले पनि श्रम स्वीकृती लिनु नपर्ने भएकोले श्रम संझौता पहिलो प्राथमितका बन्नु पर्ने बिचार ब्यक्त गरे । कार्यक्रममा पुर्व आइसीसी सदस्य दिपक भट्टराइ, योगा प्रशिक्षक सीमोन न्यौपाने लगायतले आआफना धारणा प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update