Canmandu
टान निर्वाचनः सापकोटा नेतृत्वको प्यानल सहित घोषणापत्र सार्वजनिक

काठमाडौँ। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्वका लागि व्यवसायी राजेन्द्रप्रसाद सापकोटा समूहले उम्मेदवारसहित घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौँमा शनिबार एक कार्यक्रममा उम्मेदवारसहित प्यानलले घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा पदमार्गहरूको संरक्षण र विकासलाई केन्द्रमा राखिएको सापकोटाले बताए । पदयात्रा व्यवसायको दीर्घकालीन अस्तित्वका लागि हाल कायम रहेका पदमार्गहरूको संरक्षण र नयाँ पदमार्गहरूको निर्माणलाई राष्ट्रिय महत्वको प्राथमिकतामा राख्ने घोषणापत्रमा उल्लेख छ।

पदयात्रा पर्यटनलाई माध्यमिक शिक्षादेखि नै अध्ययनको विषय बनाउने, स्वदेशमै रोजगारीको अवसर बढाउने, पदयात्रासम्बन्धी अनुमति पत्रहरूमा लगाइएको १३ प्रतिशत भ्याट फिर्ता गर्न पहल गर्ने र टिम्स कार्डबाट भएको आम्दानीलाई पर्वतीय पर्यटन श्रमिकहरूको सामाजिक सुरक्षा, पदमार्गहरूको स्तरोन्नति र पोर्टर सेल्टरहरूको निर्माणमा खर्च गर्ने योजना घोषणापत्रमा समावेश गरिएको छ।

यी हुन् उम्मेदवार

राजेन्द्र प्रसाद सापकोटा - अध्यक्ष

कर्मा शेर्पा - वरिष्ठ उपाध्यक्ष

विष्णु प्रसाद लम्साल - प्रथम उपाध्यक्ष

सनम शेर्पा - द्वितीय उपाध्यक्ष

राजेन्द्र प्रसाद सुवेदी - महासचिव

रिन्जी जाङबु शेर्पा - सचिव

गौतम राज वाग्ले - कोषाध्यक्ष

लाक्पा टेम्बा शेर्पा - सहसचिव

सागर राई - कार्यसमिति सदस्य

सुमन अर्याल - कार्यसमिति सदस्य

राजु गुरुङ - कार्यसमिति सदस्य

दिनेश तिम्सिना - कार्यसमिति सदस्य

बिश्व दाहाल - कार्यसमिति सदस्य

भुवनबहादुर खड्का - कार्यसमिति सदस्य

दावा ग्याल्त्सेन लामा - कार्यसमिति सदस्य

छ्याप्ते लामा - कार्यसमिति सदस्य

पवित्रा तामाङ - महिला कार्यसमिति सदस्य

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update