Canmandu

IMG_4435-1724496995.jpeg

नेप्लिज अष्ट्रेलियन युथ एसोसियसन (नया) को साधारणसभाले वपिन थापाको नेतृत्वमा नया कार्यसमीती निर्विरोध चयन गरेको छ ।
सिड्नीमा सम्पन्न पाचौं साधारण सभाले थापाको अध्यक्षतामा ,उपाध्यक्ष शेखर तिवारी,महासचिव सुमन श्रेष्ठ ,सचिव मिलन भट्ट,,सहसचिव राजेश टण्डन,कोषाध्यक्ष श्रवण भट्टराई,युवा संयोजक लेखमणि त्रिटाल,आईटी संयोजक कृष्ण ढकाल,महिला संयोजक प्रियंका सिटौला,कार्यक्रम संयोजक जेनिश लामा थिङलाई चयन गरेको हो । त्यस्तै कार्यकारी सदस्यहरूमा युवराज गुरागाइ,निरज पन्थ ,गणेश बानियाँ ,सुनिल गौतम ,विज्ञान ढकाल,सौगत त्रिपाठी ,विज्ञान अधिकारी ,मोहन थापा ,भुवन जंग बस्नेत, विकल्प घिमिरे र केदार रायमाझी रहेका छन् । 
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थीतीमा सम्पन्न साधारणसभामा नेपाली समाजका अगुवाहरुको उल्लेख्य उल्लेख्य उपस्थिति रहेको थियो । 
२०१३ मा स्थापना भएको नयाले यहाका युवा र समुदायको गतिविधी तथा सामाजिक कार्यमा उल्लेख्य सहभागिता जनाउदै आएको छ । यसका संस्थापक अध्यक्ष कमलराज पाठक हुन् । हालै अध्यक्षमा निर्वाचित थापाले यस अगाडी नयामा विभिन्न जिम्मेवारी सहित अनुभव सगांलेका छन् । आफुलाई विश्वास गरेर अध्यक्षमा सर्वसम्मत चयन गर्ने सम्पूर्णलाई आभार व्यक्त गर्दै उनले अब संस्था हाँक्ने जिम्मेवारी आफ्नो काँधमा आएको र त्यसलाई कुशलता पूर्वक बहन गर्ने बताए ।

संस्थाका महासचिव सत्यप्रकाश कँडेलले सञ्चालन गरेको र अध्यक्ष निजन चौलागाईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा राप्रपा कोशी प्रदेश सभासद भक्ती सिटौला, एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, वाणिज्यदुत सन्जिव शर्मा, एनआरएनए आईसीसी सचिव डा.ज्ञानेन्द्र रेग्मी, अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषद सयोंजक विनोद कुवर, रिजनल कोअर्डिनेटर दिनेश पोखरेल, एनआरएनको केन्द्रिय सल्लाहकार दिनेशराज जोशी, एनआरएनए आईसीसी सदस्य डिल्ली ढकाल, पुर्णनाथ घिमिरे, शमसेरसिंह थापा, अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एसोसिसयनका उपाध्यक्ष प्रकाश हुमागाँई, एनसिसी सदस्य सुर्यभक्त खनाल,अन्तराष्ट्रिय झापाली समाजका भवानी ओली , महेन्द्र ओली, उमेश पोखरेल, भुपाल सिटौला, एनआरएनए पूर्व युथ कोअर्डिनेटर ईर्साद आहम्मद, जनसम्पर्क समिति अस्ट्रेलियाका उपाध्यक्ष ईथान शाक्य, प्रवासी नेपाली मञ्च अस्ट्रेलियाका अजय राजवशीं, जनसम्पर्क समितिका पूर्व सभापति कृष्ण गिरी , ओएनएफका केशव जोशी लगायतको उपस्थिति रहेको थियो

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update