Canmandu
भुगोलको नेपाललाई भावनाको नेपालसंग जोड्नु पर्दछ: राजेन्द्र लिङदेन


लीम्बुको छोराले हिन्दुत्व र राजा मुलुकका लागि आवश्यक छ भन्दा झापामा मलाई यो बहुलायो भन्थे, तर मेरो वाटो सहि थियो र आज म एउटा राष्ट्रीय पार्टीको अध्यक्ष र सांसद छु । एक दिन कसले देखेको छ म मुलुक हाक्ने ठाउँमा पुग्छु की । सीड्नीमा झापाली समाजले आयोजना गरेको साक्षात्कार कार्यक्रममा राष्ट्रीय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यसरी आफनो भनाइ राखे । प्रवासी संगठनको एक कार्यक्रममा मेलवर्न आइपुगेका अध्यक्ष लिङदेनले सीडनीमा भेटघाट कार्यक्रममा पोखरा अन्तराष्ट्र्रीय बिमानस्थल निमार्णका क्रममा निकै ठुलो भ्रष्टाचार भएको केहि तथ्य फेला परेको बताएका छन । पोखरा बिमानस्थल निमार्णमा भएको भ्रष्टाचारका बिषयमा संसदिय छानविन समितीको संयोजक भएको नाताले अहिले सबै कुरा बताउन नमिलेपनि केहि बदमासी भएको तथ्य प्राप्त भएको पुर्व उप प्रधानमन्त्री समेत रहेका लिङदेनले बताए । 
अध्यक्ष लिङदेनले भुगोलको नेपाल र देश बाहिर रहेको भावनाको नेपालबिचको सम्वन्ध मजबुत बन्यो भनेमात्र मुलुक बन्ने कुरा बताए । सधै मुलुकको उन्नती र प्रगतीको चाहना राख्ने देश बाहिर रहेका लाखौ नेपालीहरुको भावनालाई मुलुकको हितमा प्रयोग गर्न नसक्नु सबैभन्दा ठुलो कमजोरी रहेको भन्दै लिङदनेले भने एक पटकको नेपाली सधैको नेपाली भन्ने कुरालाई राज्यले ब्यबहारमा लागु गर्नुपर्ने बताए । 
गैर आवासिय नेपाली संघको पहलमा आएको दोहोरो नागरिकताको पक्षमा राष्ट्रीय प्रजातन्त्र पार्टी सधै अडिग रहेपनि अहिले यसको 
प्राप्तीपछि केहि गुनासा आउन थालेको र प्राविधिक कमजोरी रहेको उनले बताए । 
नेपाल बाहिर रहेका प्रवासी दाजुभाइहरुको सिप र पुजीलाई मुलुक भित्राउन नेपालले पनि इजरायलको जस्तो निती अपनाउनु पर्ने लिङदेनले सुनाए । संसारभर छरिएर रहेका जुइसहरु स्वत इजरायली नागरिक हुने र लगानीका सबै वाटो खोलेका कारण आज इजरायल इजारयल बनेको छ , हामीेले त्यो गर्नु नहुने केहि छ , लिङदेनले प्रश्न गरे । 

भुटानमा रहेका लाखौ प्रवासी नेपालीहरुलाई स्थानिय सरकारले धर्म ,जोङखा भाषा र बख्खु अनिवार्य गर्दा एक लाख भुटानी नेपालीले आफ्नो परम्परा र हिन्दुत्व जोगाउन देश छाडेको उदाहरण दिदै लिङदेनले भने , प्रजातन्त्र , लोकतन्त्र र गणतन्त्र आउदासम्म एउटै अनुहार सधै सरकारमा रहेको कारण मुलुक बन्न नसकेको ठोकुवा गरे । नेता ठिक भयो भने मुलुक बन्ने हो यतिबेला मुलुकमा नेता ठिक छैनन,त्यसैले परिवर्तन अहिलेको आवश्यकता हो ,उनले बताए । 
उनले अस्ट्रेलियावाट दिनहु करौडौ रुपैया हुन्डी मार्फत नेपाल जाने कुरा आफुले सुनेपछि यसलाई मुलुकको कानुनी दायरा भित्र समेटेर रेमिट्यान्सका रुपमा भित्राउन सरकारले पहल गरोस भनि माग समेत गरे । 

झापाली समाजको आयोजनामा सीडनीमा सम्पन्न कार्यक्रममा राप्रपाको कोशी प्रदेशका सांसद भक्ती सिटौला, नेपाली कांग्रेशकी प्रदेश 
सांसद माया श्रेष्ठ , एनआरएन बिधान समितीका संयोजक भवानी ओली, ओसेनियाका क्षेत्रीय संयोजक दिनेश पोखरेल , एनआरएनका अध्यक्ष अनिल पोखरेल,  राजदुत कैलाश राज पोखरेल लगायतले आआफना बिचार ब्यक्त गरेका थिए । 
समाजका अध्यक्ष अशोक उप्रेतीको सभापतीत्वमा संचालित कार्यक्रममा नेपाली समुदायका अगुवा इन्द्रा वन, शम्सेरसिंह थापा, गोवा कटुवाल, एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अर्जुन गौतम, जन सम्पर्क समितीका उपाध्यक्ष इथान शाक्य लगायतको उपस्थीती रहेको थियो । 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update