Canmandu
सेप्टेम्बरमा पर्थमा नेपाल महोत्सव, सर्वोच्च शिखरदेखि, धरहरासम्मको तयारी 

 

 

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा यहाँका विभिन्न शहरहरुमा गर्ने नेपाल महोत्सवको अर्को संस्करण आगामी सेप्टेम्बर १४ तारिखपर्थमा हुँदैछ । एनआरएन वेष्टर्न अष्ट्रेलियाको आयोजनामा गरिने नेपाल महोत्सवकौ उद्देश्य यहाँ हुर्किदै गरेको नेपालीको पछिल्लो पुस्तालाई नेपालीभाषा, संस्कृति, भेषभूषाका बारेमा जानकारी गराउनका साथै नेपालको पर्यटन क्षेत्रमा योगदान दिने हो । यसका साथै, एउटै ठाउँमा बसोबास गर्दैआएका नेपाली नेपालीबीच भाइचाराको अभिबृद्धि गर्न पनि नेपाल महोत्सवको महत्वपूर्ण योगदान दिँदै आएको छ । 

नेपाल महोत्सव पर्थ २०२४ लाई सफल बनाउन यसका संयोजक एवं एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष शेखर घिमिरेसहित पूरै एनआरएन वेष्टर्नअष्ट्रेलियाको टिम सक्रियताका साथ लागेको छ । नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया नावा सहित विभिन्न संस्था, क्लब र व्यवसायीहरुयतिबेला सेप्टेम्बर १४ को नेपाल महोत्सवलाई लिएर उत्साही छन् । 

यस पटकको नेपाल महोत्सवलाई अजी फाईनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको छ । सह प्रायोजनका रुपमा सीका देशी ग्लोबल एप रहेकोछ भने प्लाटिनम, गोल्ड सहितका प्रायोजकहरु रहेका छन् । नेपाल महोत्सवलाई सिटी अफ पर्थ, वेष्टर्न अष्ट्रेलिया बहुसांस्कृतिक मन्त्रालयले पनिआर्थिक सहयोग गरेको छ । 

नेपाल महोत्सव आयोजक समिति एवं एनआरएन डब्लूएका संयोजक शेखर घिमिरेका अनुसार यस पटकको नेपाल फेष्टिभलमा वेष्टर्न अष्ट्रेलियाराज्य सरकारका उच्चपदस्थ अधिकारीहरु सहभागी हुने पक्का भैसकेको छ । नेपाल महोत्सवमा सहभागी हुन अष्ट्रेलियाका विभिन्न राज्यबाटएनआरएनका अभियन्ताहरु, सामाजिक व्यक्तित्व, नेपाली समूदायका अगुवाहरु पनि आउने तय भएको छ । संयोजक घीनीरेले भने, यस पटककोनेपाल महोत्सवमा नमूना सगरमाथा, ढुंगेधारा, बुद्धको मूर्तिदेखि नमूना धरहरा समेत हेर्न पाउनुहुनेछ । हामीले बालबालिकाहरुलाई समय विताउनसहज होस् भनेर धेरै रमाइला गतिविधि समावेश गर्दैछौं । नेपालको गीत संगीत स्टेजमा घन्किने परम्परा कायमै राखेर यस पटक बहुसांस्कृतिकसमूदायका प्रस्तुतिलाई पनि समेट्ने जमर्को हाम्रो छ । 

एनआरएन वेष्टर्न अष्ट्रेलियाका युवा संयोजक मनीष सीग्देलका अनुसार नेपाल महोत्सव नेपाल चीनाउने मेलाका रुपमा रहेकाले यसलाई भब्य बनाउन १० दिनअघि देखि नै विभिन्न स्थानीय लोकप्रिय पत्रिकाहरुमा तथा सार्वजनिक यातायातका साधन, विभिन्न जमघटका ठाउँहरुमा प्रचार सामग्रीराखिनेछ । यसले नेपालको बारेमा यहाँको बहुसांस्कृतिक समूदायलाई जानकारी दिने र नेपाल महोत्सवको  समेत प्रचार गर्ने अपेक्षा छ । 

नेपाल महोत्सवका दौरान  यहाँको चर्चित सुप्रिम कोर्ट गार्डेनबाट ११ बजे कलश यात्रा गरी सुरु हुनेछ । यस पटकको नेपाल महोत्सवमा १२ हजारदर्शक सहभागी हुने अपेक्षा गरीएको  युवा संयोजक सीग्देलले बताए । विहान ११ बजेबाट सुरु भएको नेपाल महोत्सव राति ९ बजे आतिशबाजीकासाथ भव्यताका साथ समापन गर्ने योजना रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update