Canmandu

IMG_4676-1725968326.jpeg
 

नेपालको पुरानो तथा लोकप्रिय रक ब्यान्ड १९७४ एडीले ‘अष्ट्रेलिया टुर’का क्रममा सीड्नीमा यही आउदो २१ सेप्टेम्रबमा आफ्नो विशेष प्रस्तुती दिने भएको छ । ब्यान्डले आफ्नो ३० औँ वर्षगाँठको उपलक्ष्यमा अष्ट्रेलिया ‘टुर आयोजना गरीएको जनाएको छ । 

१९७४ एडीको ‘अष्ट्रेलिया टुर’को सम्पूर्ण व्यवस्थापन रोटे पिङ इन्टरटेन्टमेन्टले गरेको छ । ब्यान्डले अस्ट्रेलियामा सुरुवाती प्रस्तुतीका रुपमा ब्रिजवेन, पर्थ र मेलबर्नमा कार्यक्रम सम्पन्न गरिसकेको छ ।  सेप्टेम्बर १२ एडिलेड, सेप्टेम्बर १४ होबार्ट, १९ सेप्टेम्बर क्यानबेरा सकेर सेप्टेम्बर २१ सिड्नीमा आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको यसका आयोजक रोशन भट्टराइले बताए ।  

सिड्नीको कार्यक्रमको लागि दुई हजार भन्दा बढी टिकट बिक्री भइसकेको आयोजकले भट्टराइले बताए । सीडनीमा कुनै नेपाली ब्यान्डले डार्लीड हार्बरको आइसीसी सीड्नीमा कार्यक्रम आयोजना गर्न लागेको यो पहिलो पटक भएको आयोजक भट्टराइले बताए । उनि भन्छन, उत्कृष्ट ब्यान्ड र लोकप्रीय गित संगित पस्कनु रातो पीङको मुल उद्देस्य हो । 

१९७४ एडीले एकपछि अर्को लोकप्रिय गीत बनाइरहेको छ र सबै एल्बम उत्तिकै मन पराइएको छ । यो मन त मेरो नेपाली हो ,परेलीमा, गुराँसै फुल्यो, सम्झी बस्छु, पिंजडाको सुगा, मुटु भरिभरि, तिमीलाई पिरतीले बाँधौंला लगायत १९७४ एडीका केही चर्चित गीत हुन् । यस पटक ब्रिसबेन,पर्थ र मेलवर्नमा ब्यान्डको प्रस्तुती हेर्न नेपाली दर्शकहरुको घुइचो लागेको थियो । 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update