Canmandu
काठमाडौंमा ‘क्यानभासमा जिरी’ प्रदर्शनी गरिने

काठमाडौं। दोलखाको रमणिय उपत्यका जिरीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भदौ २८ गते शुक्रबारदेखि काठमाडौंमा ‘क्यानभासमा जिरी’ नामक कला प्रदर्शनी गरिने भएको छ। केही समय पहिले दोस्रो जिरी महोत्सवका अबसरमा ६ जना कलाकारले बनाएका ३२ वटा चित्र प्रदर्शनीमा राखिनेछ।

मयउिब
कलाकारहरू केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पालीले एक्रेलिक र जलरङ प्रयोग गरि बनाएका चित्र प्रदर्शनीमा राख्न लागिएको हो।

नयाँ बानेश्वरस्थित एन।बि।सेन्टरमा रहेको उमोजा क्याफेमा प्रदर्शनी गर्न लागिएको हो। प्रदर्शनी ‘पर्यटन प्रवद्र्धन मञ्च, नेपाल’ ले आयोजना गर्न लागेको हो। 

‘कला मार्फत् जिरीको प्रकृति, संस्कृति र जीवनशैली पस्कने प्रयास गरेका हौं’, प्रदर्शनीका संयोजक लिलाराम खड्का भन्छन्, ‘यसले जिरीको पर्यटन विकासमा ठुलो टेवा पु¥याउने छ।’ 

नेपालको स्विजरल्याण्ड भनेर चिनिएको जिरी घुम्नलायक छ। प्रदर्शनी भदौ २८ देखि भदौ ३० गतेसम्म तीन दिन चल्नेछ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update