Canmandu
सिड्नीमा गुन्जियो यो मन त मेरो नेपाली हो

सिड्नीको डार्लिङ हार्वरस्थित आइसिसि भेन्युमा शनिबार करिब ५ हजार नेपालीहरूको हातमा चन्द्रसूर्य अंकित झन्डा देखिन्थ्यो।

नेपाली पपब्याण्ड १९७४ एडी आफ्नो ३० औं वर्षगाँठ मनाउने क्रममा सिड्नी आइपुगेकाले कन्सर्टमा रमाउन उनीहरू भेला भएका थिए।

कन्सर्ट हेर्न पुगेका सुदास देउजाले आफू पहिलो पटक यति सभ्य र भव्य कार्यक्रममा आएको प्रतिक्रिया दिए।

'म प्राय: सिड्नीमा हुने कन्सर्ट छुटाउँदिन तर यति व्यवस्थित र भव्य कार्यक्रम अहिलेसम्म देखेको थिइनँ। पूरै पारिवारिक माहौल थियो, म त कन्सर्ट हेर्न छिरेदेखि नै नाचेको नाच्यै भएँ,' उनले भने।

पाँच हजार दर्शक क्षमताको हल भरिभराउ थियो।

बेलुकी ७ बजेदेखि सुरू भएको कार्यक्रममा व्याण्डले 'यो मन त मेरो नेपाली हो....', 'गुराँसै फुल्यो.....', 'छुँदैन तिम्रो मायाले.....', 'सम्बोधन....'जस्ता आफ्ना नयाँ पुराना गरी रातको ११ बजेसम्म करिब डेढ दर्जन गीत पस्केको थियो।

e0a3fa57-8b9e-41ff-9cb8-bcfb09baea51-1727000206.jpg
आफू सानैदेखि १९७४ एडीको फ्यान भएको र छोरा बुहारी भेट्न अष्ट्रेलिया आएको बेला कन्सर्ट हेर्न पाउदा खुसी लागेको ५६ वर्षीय राजुमान शाक्यले बताए। `मलाई एकदम मन पर्ने व्याण्डको कन्सर्ट हेर्न हामी परिवार नै आयौं´, उनले भने।

ब्यान्डले आफ्नो तीन दशक यात्रालाई भव्य र सभ्य मनाउने क्रममा विश्वव्यापी कन्सर्ट टुरको आयोजना गरेको हो।

गत मे र जुनमा अमेरिकाबाट सुरू भएको ब्याण्डको यात्रा शनिबार अस्ट्रेलियाबाट समापन गरेको हो।

कन्सर्टमा एड्रियन प्रधान ३० वर्षको आफ्नो ब्यान्डको यात्रामा दर्शक स्रोताको माया र उत्साह देखेर भक्कानिएका समेत थिए।

'हाम्रा गीत सुनेर संगीतसँग जीवन जोडिएका प्रशंसकको यस्तो माया र साथले हामी नतमस्तक भएका छौं। तीन दशक लामो यात्रालाई विशेष बनाउने क्रममा युवाको यो उत्साहले हामीलाई थप ऊर्जा मिलेको छ,' उनले भने।

कुनै पनि नेपाली ब्याण्डले पहिलो पटक आईसिसीमा प्रस्तुती दिन पाउनु आफ्नो लागि ठूलो अवसर भएको भन्दै ब्यान्डका सदस्यहरू संजय श्रेष्ठ, मनोज केसी, फिरोज स्याङदेनले दर्शक श्रोताको माया र स्नेहसँगै आफूहरुले मञ्चलाई भरपुर सदुपयोग गरेको प्रतिक्रिया दिए।

नेपाल र विश्वभर फैलिएका नेपाली श्रोतामाझ संगीत क्षेत्रमा चिनिएको नाम र ब्यान्ड हो- १९७४ एडी।

केही समय छुट्टिएर पुनः एकर भएको यो समूहको गीत संगीतप्रतिको लगाव र लोकप्रियता थप चुलिएको छ। करिब एक दशकअघि मुख्य गायक फिरोज स्याङ्देन अचानक अमेरिका जानु र लगत्तै अर्का गायक एड्रियन प्रधानसमेत अनुपस्थित भएपछि ब्यान्डका प्रशंसकहरू निराश भएका थिए।

1c71700f-2cdf-4b71-b7fa-c2883644303d-1727000218.jpg
हिट गीत गाउने दुवै गायक साथमा नभएपछि ब्यान्डमा केही खल्लोपन देखिएको थियो।

फिरोज र एड्रियन गायक मात्र नभई सर्जक पनि थिए। सन् २०१९ मा समूहका पाँचैजना पुराना सदस्य फिरोज, एड्रियन, निराकार याक्थुम्बा, मनोज केसी र सञ्जय श्रेष्ठ फेरि ब्यान्डमा सामेल भएपछि यसले पुर्नताजगी पाएको थियो।

'सन् २०१९ मा ब्याण्ड पुनः एक भएसँगै विश्वयात्रामा निस्किने तयारी गरेको भए पनि कोभिड महामारीले रोकिएको थियो। ३० औं वर्षगाँठको अवसरमा विश्वभर छरिएका फ्यानसम्म प्रस्तुति पुर्‍याउन पाउँदा खुसी लागेको छ', ब्याण्ड सदस्य सञ्जय श्रेष्ठले जानकारी दिए।

३० वर्षको यात्रामा धेरै उतारचढाव झेलेको भए पनि अहिले एकसाथ नयाँ र पुराना फ्यानसँग जोडिन पाउँदा खुसी लागेको  ब्याण्डका संस्थापक निराकार याकथुङ्बाले बताए।

रोटेपिण्ङ इन्टरटेन्टमेन्टलेअष्ट्रेलिया भ्रमण गराएकोब्याण्डले यसअघि ब्रिसबेन, पर्थ, मेलवर्न, एडिलेड, होबर्ट र क्यानबेरामा प्रस्तुती दिइसकेको छ।

भ्रमणका दौरान सिड्नी आइपुगेका १९७४ एडीको टोलीलाई एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष तया न्युसाउथवेल्स राज्यका संयोजक विनोद कुँवर, सचिव कल्याण खड्का, एभरेष्ट ट्राभल्स एवं मार्की होक्सका इर्शाद अहमद लगायतले कार्यक्रमलाई सफलताको शुभकामना दिएका थिए।

एनआरएन एनएसडब्लूका संयोजक कुँवरले राष्ट्रिय प्रतिभाहरूलाई सम्मान गर्न पाउनु आफ्नो लागि गौरवको विषय रहेको बताए। उनले एनआरएनए सधै नेपाली कला र संस्कृतिको सम्मान गर्दै आवश्यक सहयोगको लागि तयार रहेको बताए।

यस्तै मार्की होम्सका इर्शाद अहमदले नेपाली दर्शक श्रोताको मन जित्ने कलाकार र ब्यान्डसँग जोडिन पाउनु आफैँमा महत्त्वपूर्ण उपलब्धि रहेको भन्दै आगामी दिनमा पनि सांगीतिक रूपमा सँगै रहेने विश्वस्थ तुल्याए।

रोटेपिङ इन्टरटेन्टमेन्टका रोशन भट्टराईले आफूहरूले पहिलो पटक सिड्नीको आईसीसीमा कार्यक्रम आयोजना गरेको र यो पूर्ण रुपमा सफल भएको बताए।

'कुनै पनि नेपाली ब्याण्डले यो भेन्युमा कार्यक्रम गरेको पहिलो पटक हो। करिब ५ हजार दर्शक क्षमताको उक्त हल पुरै भरिएको थियो। यो हाम्रो लागि खुसीको कुरा हो,' उनले भने।

459850460_1086476446174107_7017862949202481368_n-1727075842.jpg459865648_1086476476174104_4868651697034354681_n-1727075842.jpg
461058562_1086474366174315_1494153702660368540_n-1727075843.jpg
460938208_1086476486174103_6273226676804348531_n-1727075843.jpg
461076151_1086474466174305_6659921746523245806_n-1727075843.jpg
461164657_1086476579507427_7372896224534368613_n-1727075849.jpg
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update