Canmandu
एनआरएन नागरिकताका समस्या चाडै समाधान हुन्छन् -  योगेश भट्टराई

सिड्नी । अष्ट्रेलिया भ्रमणमा रहेका नेकपा एमालेका सचिव एबम् प्रतिनिधिसभा सदस्य योगेस भट्टराईसँग प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले अन्तरक्रिया कार्यक्रम गर्यो ।

यहि सेप्टेम्बर २२ तारिख आइतवार साँझ सिड्नीको पारामटामा आयोजित सो कार्यक्रममा एमाले नेता भट्टराईले प्रवासी नेपालीहरुको मुख्य मागको रुपमा रहेको नेपाली नागरिकताको निरन्तरताको बिषयलाई जति सक्दो चाडो टुङ्ग्याईने बताए ।

 उनले नेपालको समग्र बिकास र उन्नतिको लागि नेपाली कांग्रेस र एमालेको सहकार्यमा अहिलेको सरकार गठन भएको उल्लेख गर्दै मुलुकको कुनै पनि समस्याबाट भाग्न यो सरकारलाई छुट नभएको प्रस्ट पारे । 
नेता भट्टराईले नेपालले अबलम्बन गरेको राजनैतिक शासन प्रणाली बिस्वकै उत्कृस्ट शासन प्रणाली रहेकोले यसका बारेमा टिका टिप्पणी गर्नुको कुनै अर्थ नरहने बताउदै  बिदेशमा आर्जन गरेको सीप ,दक्षता र पुजीलाई कसरि नेपालको समग्र हितमा लागाउन सकिन्छ भन्नेतर्फ सम्वद्ध पक्ष लाग्नुपर्ने बेला आएको उल्लेख गरे । 

 कार्यक्रममा अन्तराष्ट्रिय प्रवासी नेपाली मञ्चका उपाध्यक्ष रमेश पाण्डे, सल्लाहकार भवानी ओली, एन एस डब्लूका बाणिज्यदुत संजिव शर्मा ,एनआरएनएका केन्द्रिय उपाध्यक्ष बिनोद श्रेष्ठ , पुर्व आईसीसी सदस्य निरज श्रेष्ठ. प्रवासी नेपाली मञ्च अस्ट्रेलियाका अध्यक्ष केशव जोशी लगायतका बक्ताहरुले आ आफ्नो मन्तब्य राखेका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update