Canmandu
अक्टोबर ५ मा रातोघरमा रामकृष्ण


सीडनीको पहिलो प्रस्तुतीले नअघाएका दर्शकका लागि प्रीन्स संग्रामको प्रस्तुतीमा आउदो ५ अक्टोबर सीडनीको ग्रानभिलस्थीत रातोघरमा ढकाल समुधुर 
साँंझको आयोजना हुने भएको छ । मुन लाइट ग्रुप र लेजी बार्बरको मुख्य प्रायोजनमा सन्चालन हुन लागेको कार्यक्रममा ढकालले आफना लोकप्रीय 
गितहरु पस्कने छन । बिहान उठने बित्तीकै हिमाल देख्न पाइयोस, यी हातले सधै सधै नेपाल लेख्न पाइयोस भन्दै देशभक्ती गितसँगै  गायक ढकालले लता मंगेशकरसँगै गाएको बाचुन्जेलीलाई ,ओराली लागेको हरिनको ताल भो, लगायतका चर्चित गित लगायत ए जदौं माया जदौं रीडीमा माया मीसाको जस्ता सदाबाहर गित प्रस्तुत गर्ने आयोजक संग्राम बर्तौलाले बताए । पहिलो प्रस्तुतीमा छुटेका 
ढकालप्रेमी दर्शकका लागि यो सीडनीको दोस्रो प्रस्तुती भएको रातोघरका सन्चालक गगन बिडारीले सुनाए । 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update