Canmandu
भब्य र सभ्य बन्यो सीडनीमा रामृकष्ण ढकाल साँझ



प्रवेशाज्ञाको ढिलाइका कारण एक दिन अगाडि मात्र सीडनी झरेका नेपाली गायक रामकृष्ण ढकालले शनिबार अबेर रातीसम्म गित संगितप्रेमी श्रोता माझ आफ्ना डेढ दर्जन लोकप्रीय गित संगितले मन्त्रमुग्घ मात्र बनाएनन, दर्शकदिर्घाको अनुरोधमा स्वर सम्राट नारायण गोपालका केहि कर्णप्रीय गित गाएर सबैको वाहावाही समेत लुटेका छन । 
पाल्पा सर्भिसेजको आयोजनामा अस्ट्रेलिया भ्रमणमा आएका रामकृष्णले सीडनीमा पहिलो प्रस्तुती दिदै लाइभ म्युजिकमा आफना लोकप्रीय गितहरु पस्केका थिए ।
 बिहान उठने बित्तीकै हिमाल देख्न पाइयोस, यी हातले सधै सधै नेपाल लेख्न पाइयोस भन्दै देशभक्ती गितवाट आफना सांगितिक साझलाई प्रारम्भ गरेका गायक ढकालले लता मंगेशकरसँग गाएको बाचुन्जेलीलाई ,ओराली लागेको हरिनको ताल भो, लगायतका चर्चित गित पस्कदै ए जदौं माया जदौं रीडीमा माया मीसाको जस्ता गितमा अन्त गरेर दर्शक दिर्घालाई बुरुक्कै उफारेका थिए । 
एटुजेड क्लीनीङ सप्लायर्सको मुख्य प्रायोजनमा सन्चालित कार्यक्रममा रामकृष्णले समुधुर गित संगित पस्कदैगर्दा झन्डै मध्यरातसम्म दर्शक दिर्घाको उपस्थीती बाक्लै रहेको थियो । उनका सर्वकालिन गितहरु सुनेर आनन्द लिन कार्यक्रममा आइपुगेका सीडनीका तेज कवे भन्छन, जसले गित संगितका पारखीका लागि ढकालको कर्णप्रीय आवाजले छुन्छ । बुरुक बुरुक उफ्रने पुस्ताका लागि यो पुरानो गित होला तर हाम्रो लागि यो महत्वपुर्ण क्षण हो । 
सीडनीको रकडेलस्थीत इन्द्रेणी फंक्सन सेन्टरमा आयोजित कार्यक्रममा एनआरएन अस्ट्रेलियाले समेत रामकृष्ण ढकाललाई सम्मान गरेको थियो । एनआरएन ओसेनिया संयोजक दिनेश पोखरेल, एनआरएनका न्यु साउथवेल्स संयोजक बिनादे कुवर ,सचिब कल्याण खड्काले ढकाललाई खादा र सम्मानपत्र सहित सम्मानित गरेका थिए । 
सोही समारोहमा रामकृष्णले आफनो नया गित जिवनको हिसाबको लोकापर्ण समेत गरेका थिए । एनआरएन ओसेनिया संयोजक दिनेश पोखरेल र रामकृष्णका प्रंशसक गायक रमन रेग्मी, सन्चारकर्मी माधव गैरैले संयुक्त रुपमा भिडियो क्लीक गरेर शुभारम्भ गरेका थिए । 
प्राविधिक कारणले केहि ढिला आइयो, तयारी गर्न नपाएपनि दर्शकको माया पाइयो ,यहीनै सबैभन्दा ठुलो खुसीको कुरा हो, रामकृष्णले सुनाए । उनले बनिा तयारी लाइभ म्युजिकमा साथ दिने स्थानिय कलाकारहरुलाई पनि धन्यवाद ज्ञापन गरे । यसपछि रामकृष्णले न्युक्यासल , सीडनीकै ग्रानभिलस्थीत रातोघर,ब्रिसबेन, एडिलेड लगायतका शहरहरुमा आफनो बिशेष प्रस्तुती दिने आयोजक सुवास थापाले बताए ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update