Canmandu
किंग्सफोर्ड कलेजको करियर एक्पो २०२२ सम्पन्न

नेपाली व्यवसायीद्वारा सञ्चालित किंग्सफोर्ड इन्टरनेशनल इन्स्टिच्यूटले कलेजमा कुकरी र हस्पिटालिटी मेनेज्मेन्ट पढिरहेका विद्यार्थीका लागि ‘करियर एक्स्पो २०२२’ कार्यक्रमको आयोजना गरेको छ।

कमर्सियल कुकरी र हस्पिटालिटी म्यानेज्मेन्ट पढिरहेका विद्यार्थीका लागि ३६० घण्टा वर्क प्लेसमेन्ट गर्नुपर्ने भएकाले यस कार्यक्रमबाट विद्यार्थी लावान्भित हुने कलेजका सञ्चालक मध्येका एक भीम खरेलले जानकारी दिए।

यस्तो कार्यक्रमले विद्यार्थीको नेटवर्किङ बढ्नुका साथै उनीहरूलाई रोजगारीको अवसर पनि मिल्ने कलेजले जिकिर गरेको छ।

1J9A7532-1024x6831661012744.jpg

कलेजले आफ्ना विद्यार्थीलाई उपयोगी हुने र उनीहरूको रोजगारीका लागि बिशेष महत्व राख्ने बिभिन्न शैक्षिक मेला र एक्स्पो् जस्ता कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ।

विगत चार वर्षदेखि अष्ट्रेलियामा सञ्चालित यो कलेजका सिड्नीमा तीन र मेलबर्नमा एउटा शाखा छन्।

कार्यक्रममा अष्ट्रेलिया लगायत अन्य मूलुकमा पनि नेटवर्क रहेका होटलका प्रतिनिधि र विद्यार्थीबीच कोभिड–१९ का कारण हस्पिटालिटी क्षेत्रमा परेको मार र अब आगामी दिनमा हस्पिटालिटी क्षेत्र कसरी अगाडि बढ्न सक्छ भन्ने बिषयमा छलफल भएको थियो।

1J9A7417_1-1024x6831661012760.jpg

छलफलमा सिड्नीका उत्कृष्ट होटल र रेष्टुरेण्ट चेनसँग आवद्द प्रतिनिधिको सहभागिता थियो।

नोभोटेल, मेरिभेल ग्रुप होटल, रकपुल वार एण्ड ग्रिल र फलेभ रेष्टुरेण्टका प्रतिनिधिले विद्यार्थीलाई प्लेसमेन्टका साथै रोजगारी उपलब्ध गराउने बारे अन्तर्वार्ता लिएका थिए।

किंग्सफोर्डले हाल आइटी ,एकाउन्टिङ, विजनेस, लिडरसिप मेनेज्मेन्ट, कुकरी, हस्पिटालिटी मेनेज्मेन्ट, मेन्टल हेल्थ र कम्यूनिटी सर्भिस लगायतका विषयमा अध्यापन गराइरहेको छ।

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update