Canmandu
'च्वाइस एकेडमी' नेपाली विध्यार्थीको रोजाइ बन्न सकोस

पछिल्लो समय उच्च शिक्षाका लागि नेपाली विद्यार्थीको पहिलो रोजाई बनेको अष्ट्रेलियामा सञ्चालित कलेजहरूले आफ्नो क्षमता विस्तार र गुणस्तरलाई ध्यान दिन थालेका छन्।

यसैबीच सिड्नीको पारामाटाको च्वाइस एकेडेमीले बढ्दो नेपाली विद्यार्थीको क्रेजलाई लक्षित गरेर गुणस्तरीय शिक्षालाई प्राथमिकता दिएर क्षमता विस्तार गर्ने भएको छ।

अस्ट्रेलियाको शैक्षिक बजारमा प्रतिस्पर्धी च्वाइस एकेडेमी सिड्नीको पारामाटामा यूनिर्भसिटी अफ वेष्टर्न सिड्नीसँगै भएकाले यातायात र पहुँचको हिसाबले सहज भएको सञ्चालकले दाबी गरेका छन्।

‘नेपाली मुलका स्थापित व्यवशायीको लगानीमा सञ्चालित च्वाइस एकेडेमीलाई नेपाली विद्यार्थीको लागि पहिलो रोजाइ बन्न सकोस भन्ने हाम्रो लक्ष्य हो’, सिड्नीका कानुनविद तथा सञ्चालक समूहका सदस्य शम्सेरसिंह थापाले बताए। 

एक हजार विद्यार्थी क्षमता भएको यो कलेज नामले मात्र होइन नभएर कामले पनि सबैको च्वाइस गर्ने थापाले कलेजद्धारा आयोजित भेटघाट कार्यक्रममा दाबी गरे। 

‘हामीले पैसा कमाउनैका लागि मात्र होइन, अस्ट्रेलियाको शैक्षिक बजारमा केही फरक अनि अलग पहिचानका साथ स्तरीय शिक्षाको उदाहरण बन्ने लक्ष्य बोकेर आएका हौ’, उनले भने।

च्वाइस कलेजमा एडभान्स डिप्लोमा अफ बिजनेस, डिप्लोमा अफ लिडरसिप एण्ड म्यानेजमेन्ट, डिप्लोमा अफ बिजनेस, डिप्लोमा अफ इन्फरमेसन टेक्नोलोजी, एडभान्स डिप्लोमा अफ इन्फरमेसन टेक्नोलोजी, ग्राजुएट डिप्लोमा अफ म्यानेजमेन्ट विषयको पढाई हुन्छ। अन्य कोर्सहरू आवश्यकता अनुसार थप्दै जाने कम्पनीको योजना छ। 

कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपेन्द्र शर्मा पौडेलले यो बेला विविध कारणले समय अनुकुल नरहेको तर सबैको सहयोग रहेमा अवस्य पनि कलेज सोचेजस्तो र रोजेजस्तो बनाउने जिकिर गरे।

सन् २०१५ मा अष्ट्रेलियामा ६ लाख अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत रहेकोमा सरकारले एआइ २०२५ भिजन अन्तर्गत विद्यार्थी संख्या वार्षिक बढाउँदै लगेर सन् २०२५ सम्ममा १० लाख पुर्‍याउने लक्ष्य लिएको शर्माले बताए।

‘२०२२ को मे महिनासम्मको तथ्यांकअनुसार हाल ५ लाख भन्दा कम अन्तराष्ट्रिय विद्यार्थी अध्ययनरत छन्। आगामी दिनमा विद्यार्थीको भिसा सहजीकरणमा सुधार आउने र शैक्षिक प्रतिष्ठानहरू सहज बन्नेछ’, पौडेलले भने।

कलेज सञ्चालक तथा ब्यवस्थापन टिम शिक्षा क्षेत्रमा लामो अनुभव हाँशिल गरेका समूह जोडिएकाले संस्थाले विद्यार्थीको हितमा काम गर्ने माइग्रेशन एजेन्ट निरज श्रेष्ठले बताए। 

कलेजको भेटघाट कार्यक्रममा कोमल खतिवडा, सुमन गौतमसहित एनआरएन आइसीसी सदस्य परशुराम अधिकारी, संजिव पाण्डे, विवेक थापा, योगेन्द्र पौडेल, हिरा कँडेल, शरद भुसाल, सूर्य खनाल, दिपक केसी, शिव चौलागाई, ध्रुव दाहाल, प्रकाश पन्थी, अशोक ओली, यूवी शर्मा, सन्दिप खनाल, राजु शाक्य, विल्सन शर्मा, महेश सिंह, बिष्णु अर्याल, निरज श्रेष्ठ, नवराज न्यौपाने, सबिर इकवाल, लगाएत थुप्रै शैक्षिक परामर्शदाताको उपस्थिति थियो।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  २२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update