Canmandu
मेलबर्नको क्याफे र सञ्चालकलाई २४ हजार अष्ट्रेलियन डलर जरीवाना

काम गर्ने कर्मचारीलाई कानुन अनुसार तलब नदिएको भन्दै मेलबर्नका क्याफे सञ्चालकले जरीवाना तिर्नुपरेको छ।

क्याफेमा काम गरेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई कानुन अनुसारको भुक्तानी नदिएको भन्दै अदालतले क्याफे सञ्चालकलाई २४ हजार ५०८ दशमलब ८० डलर जरीवाना तिराएको हो।

फेयरवर्क अम्बुडस्म्यानले दर्ता गरेको मुद्दामा संघीय सर्किट अदालतले गरेको फैसला अनुसार मेलबर्नको क्याफेले २२ हजार ६४४ डलर र निर्देशकले १८६४.८० डलर जरीवाना तिरेका हुन्।

गुनासोका आधारमा क्याफे र सञ्चालक विरुरूद्ध फेयरवर्क अम्बुडस्म्यानले अनुसन्धानसँगै कारबाही अघि बढाएको थियो। 

फेयरवर्क अम्बुडस्म्यानले कानुनी कारबाही सुरु गरेपछि भने क्याफेले कामदारलाई ४ हजार ४७३ दशमलब ९७ डलर फिर्ता दिएको थियो।

कार्यवाहक फेयरवर्क अम्बुडस्म्यान माइकल क्याम्पबेलले कामदारमाथि ठगी गर्ने, कानुन उल्लंघन गर्नेहरू दण्डित बन्नुपर्ने भन्दै बेलैमा सचेत हुन आग्रह गरेका छन्।

श्रम ऐन अनुसारको भुक्तानी नदिनेविरूद्धको अनुगमन र कारबाही तिब्र पारिएको भन्दै क्याम्पबेलले कामदारलाई समेत सचेत बन्न आह्वान गरेका छन्।

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  २२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update