Canmandu
सेप्टेम्बर पहिलो साता ब्रिजबेनमा म्युजिक मेला

आगामी सेप्टेम्बर पहिलो साता अष्ट्रेलियाको ब्रिजबेनमा म्युजिक मेला आयोजना हुने भएको छ। 

सेप्टेम्बर ६ तारिखमा हुने मेलामा १९७४ एडी, युवा गायक विक्रम बराललगायतले प्रस्तुती दिने आयोजक सी इभेन्ट्सका सन्तोष कुँवरले जानकारी दिए।

रहेको चर्चित नेपाली ब्यान्ड १९७४ एडीका सदाबाहर गीतहरू ‘परेलीमा लुकाइ राख न..’, ‘यो मन त मेरो नेपाली हो...’, ‘चौबन्दी चोली...’ जस्ता बोलका गीतले ब्रिसबेनका नेपाली दर्शकको मन जित्ने आयोजक सी इभेन्ट्सका अच्युत अधिकारीले दाबी गरे।

यस बाहेक युवा गायक बिक्रम बराल र चर्चित डिजेहरूले यस पटक क्वीन्सल्यान्ड तताउने पक्का छ। 

इशान एजुकेशन र क्वीन्सफोर्ड कलेजको प्रस्तुतीको रूपमा रहेको यो म्युजिक मेला ब्रिजबेनको टिभोलीमा आयोजना हुने भएको छ। 

गीत संगीतको माध्यमबाट मुलुकसँग जोड्ने प्रयास स्वरुप क्वीन्सल्यान्डमा यस्ता सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको आयोजक सी इभेन्ट्सका निर्देशक सन्तोष कुँवरले बताए।

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  २२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update