Canmandu
जोशीको नेतृत्वमा प्रवासी नेपाली मन्च अस्ट्रेलिया सर्बसम्मत

केशव जोशीको नेतृत्वमा प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।

नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्चको पाँचौ अधिवेशनले राम घिमिरे, चीन नेपाली र बालगोपाल उपाध्यायलाई उपाध्यक्षमा चयन गरेको छ। 

यस्तै मञ्चको सचिवमा प्रकाश पन्थी चयन भए। उपसचिवमा हेमराज खनाल, होमनाथ निरौला र असिम कोइराला सर्वसम्मत भएका छन्। समितिको आर्थिक विभाग प्रमुखमा दिपक पहारी मनोनयन भए।

यस्तै कार्यसमितिका सदस्यमा अष्ट्रेलियाको आठै राज्यका अध्यक्ष पदेन सदस्य रहनेछन्। अधिवेशनले नरवीर नेम्वाङ, उत्तम अधिकारी, सुजन लामिछाने, विएन मण्डल, दिनेश पाण्डे, किशोर भन्डारी, नारायण बस्नेत, विशाल रानामगर, पर्वत मगर, प्रकाश पौडेल, प्रेमप्रकाश शाही, भवानी पौडेल, कृष्ण गैरे, सूर्यमोहन शर्मा, विजय फुँयाल, भुवन पाण्डेलाई पदेन सदस्य बनाएको हो।

बन्द सत्रले गत कार्यकालका गतिविधि, आर्थिक विवरणलगायतको प्रतिवेदन पारित गरेको छ। यस्तै पहिलो बैठकबाटै आफ्ना सदस्यलाई नेतृत्व विकास र सामाजिक दायित्वका विषयमा तालिम प्रदान गर्ने पनि निर्णय गरेको छ ।

आईतबार सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका प्रवास विभाग ईन्चार्ज राजन भट्टराईले अबको निर्वाचनमा नेपाली राजनीतिका खराब प्रवृत्तिलाई हराउने बताएका थिए।

उनले एमालेको केन्द्रीय कमिटीले केपी शर्मा ओली नेतृत्वमा आगामी सरकार निर्माण गर्न गरि प्रधानमन्त्रीका रुपमा अघि सारिसकेको भन्दै अब जनताले आगामी प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवा कि केपी शर्मा ओली दुई बीचमा एकलाई छान्नुपर्ने धारणा राखे।

नवनिर्वाचित अध्यक्ष केशव जोशीले कमिटिमा आइसकेपछि लिएको जिम्मेवारी ईमान्दारीपूर्वक पूरा गर्न सबै निर्वाचित साथीलाई आग्रह गरे।

कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव रमेश पाण्डे, सल्लाहकार परिषद् प्रमुख सन्जय थापा, प्रवासी नेपाली मञ्च ओसेनियाका संयोजक राजु उपाध्याय, ईन्चार्ज विनोद श्रेष्ठ, एनआरएन आईसीसीका सचिव होम पाण्डे लगायतले शुभकामना दिएका थिए।

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update