Canmandu
नेपालको जलस्रोत व्यवस्थापनको क्षेत्रमा अष्ट्रेलियाले  सहयोग गर्ने

नेपाल र अष्ट्रेलिया सरकारबीच जलस्रोत व्यवस्थापनको क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

राजधानी क्यानबेरामा सम्पन्न नेपाल र अष्ट्रेलियाका परराष्ट्र सचिवस्तरीय बैठकमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल नेतृत्वको प्रतिनिधिमण्डल र अष्ट्रेलियाका विदेश तथा व्यापार विभागका सचिव जान एडम्स नेतृतवको टोलीबीच क्यानबेरामा छलफल भएको थियो।

कयानबेरास्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार बैठकमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको, द्विपक्षीय सहायता बढाउने विषयमा पनि सम्झौता भएको हो।

Meeting-of-Foreign-Secretaries-of-Nepal-and-Australia-1583x20481661960423.jpeg

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update