Canmandu
‘बौवा रे’ लिएर आए सुदिन पोखरेल (भिडिओ)

हाल अस्ट्रेलियाको सिडनीलाई कर्मथलो बनाएका गायक सुदिन पोखरेलले आफ्नो नयाँ गीत ‘बौवा रे’ सार्वजनिक गरेका छन्।

गायक पोखरेलले आफ्नो युट्युब च्यानल मार्फत उक्त गीतको भिडिओ सार्वजनिक गरेका हुन्। 

सुदिन पोखरेलकै शब्द रहेको उक्त गीतको भिडियो निर्देशन सचिन कार्की र आयुष पोखरेलले गरेका हुन्। उनले गीतलाई देशी र्‍याप फर्म्याटमा बाहिर ल्याएका छन्।

विराटनगरमा आफ्नो बाल्यकाल बिताएका सुदिनले आफूले देखेको र भोगेको विषय समेटेर फरक शैलीमा विराटनगरीया स्टाइलमा उक्त गीत सार्वजनिक गरेको बताए।

कान्तिपुर टेलिभिजनमा लामो समय सन्चारकर्मीका रूपमा अनुभव बटुलेका सुदिनले प्रारम्भमा गिरीश, प्रणील लगायतका कलाकारसँग हिपहप म्युजिकवाट आफ्नो सांगीतिक जीवनको सुरूआत गरेका थिए। 

अवसरको खोजीमा अस्ट्रेलिया आइपुगेका सुदिनले प्रवासमा बसेर पनि आफ्नो संगीतको सौखलाई भने मर्न दिएका छैनन् र वर्षेनी केही न केही नयाँ कोशेली लिएर बजारमा दर्शक माझ उपस्थित भएका छन्। 

स्थानीय बोलिचालीको भाषा प्रयोग गरेर पूर्वेली भाकामा हिपहप शैलीमा उनले ल्याएको यो बौवा रे केही फरक र अलग भने पक्कै छ।

हेर्नुहोस् भिडिओ

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  २२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update