Canmandu
शनिबार मेलवर्नमा मुलुक चिनाउने मेला

नेपाली भाषा, कला, संस्कृती, पर्यटन र नेपालीपनलाई अस्ट्रेलियाका विभिन्न समुदायबीच प्रवर्द्धन गर्ने उदेश्यले हरेक दुई वर्षमा आयोजा हुँदै आएको ‘नेपाल फेस्टीभल’ आगामीशनिबार मेलबर्नको फेडरेसन स्क्वायरमा आयोजना हुँदैछ।

अस्ट्रेलिया र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई जोड्ने र पर्यटन प्रवर्द्धन गर्न एनआरएन अस्ट्रेलियाको भिक्टोरिया राज्य समितिद्धारा आयोजना गरिँदै आएको महोत्सवलाई नेपाल चिनाउने प्रतिबिम्बको रूपमा हेरिन्छ।

फेस्टीभलको सबै तयारी पुरा भएको एनआरएनए भिक्टोरियाका संयोजक हरि खड्काले जानकारी दिए।

महोत्सवलाई सफल बनाउन समुदायका सबै संघ संस्थाबाट सहयोग मिलेको भन्दै खड्काले महोत्सव भव्य र सभ्य हुने दाबी गरे।

‘नेपाली पहिचानलाई विश्वमाझ पुर्‍याउनु, नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नु, नेपाली एकता तथा सद्‍भावको संदेश विश्वमाझ पुर्‍याउनु, नेपाली भाषा, कला, संस्कृति, परम्परा, खाना लगायत नेपाली मौलिकताको प्रवर्द्धन गर्नु र नयाँ पुस्तालाई नेपालको माटोसँग जोड्ने यस महोत्सवको मुख्य उद्देस्य हो’, संयोजक खड्काले भने।

नेपाल फेस्टिवल सम्पन्न गर्न नेपाली अवैतनिक महावाणिज्यदूतका कार्यालय, क्यानबेरास्थित नेपाली राजदूतावास, बहुसांस्कृतिक समुदाय तथा बहुसांस्कृतिक विभागसहित नेपाली संघसंस्थाले सहकार्य गरेको खड्काले बताए।

महोत्सव र मेला आफैंमा मुलुक चिनाउने माध्यम भए पनि नेपाल फेस्टीभल विशेषगरी एनआरएनको सिग्नेचर कार्यक्रमका रूपमा रहँदै आएको छ।

कोरोनाको प्रभावपछि एकताको सन्देश र आपसी भाइचारा साट्ने थलोको रूपमा ‘मेलवर्न महोत्सव’लाई लिइएको जनसम्पर्कका नेता देवेन्द्र बस्नेतले बताए। ‘लामो समयपछि नेपाली समाज एकै ठाउँमा रमाउन र मुलुकको पहिचान बढाउन लागि परेको छ यो सुखद शन्देश हो’, बस्नेतले भने।

महोत्सवलाई ब्लुबेरी रियल स्टेटले मुख्य प्रायोजन गरेको छ। यस्तै एक्सपर्ट एजुकेशन, कडेँल कन्सल्टेन्सी, तास कलेज, आरजीआइटी, ग्रेस इन्टरनेशनल र अस्ट्रेलियन एन्सिच्युट अफ आइएर एजुकेशनले सहयोग गरेका छन्।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update