Canmandu
अस्ट्रेलियामा समेत नक्कली सर्टिफीकेटको बिगबिगी 

स्वास्थ्य्य सेवामा हेलचेक्राइ भनेको अरूको जीवनमाथिको खेलवाड पनि हो र यसले आफ्नो करियरमाथिको बज्रपात पनि हो। पछिल्ला दिनमा अस्ट्रेलियाको स्वास्थ्य्य शिक्षामा केही विकृती र बिसंगतिका पाटाहरु केलाइन थालिएको छ।

अनुभव र अध्ययन बिनानै योग्यताको प्रमाणपत्र वितरण गर्ने केही बेइमानहरु र सहजै पाइने त्यस्ता प्रमाणपत्र बोकेर जागिर खान जाने नेपाली विध्यार्थीहरुको बिगबिगीनै रहेको चर्चा ब्याप्त छ। 

यसरी राज्यको शैक्षिक नीति अन्तर्गत लुपहोलको फाइदा लुटेर संवेदनशील स्वास्थ्य क्षेत्रको रोजगारीमा समेत बेइमानीको धन्धा गरेर पैसा कमाउनेहरुले विध्यार्थीहरुको सहजताको फाइदा लीएर उनीहरुको जिवनमाथिनै खेलवाड गरेको आरोप समेत लाग्दै आएको छ। 

कोभिडको महामारीपछि अस्ट्रेलियाको स्वास्थ्य क्षेत्रमा कामदारको अभाव परिपुर्ती गर्न विध्यार्थीहरुलाई पनि सहुलियतपुर्ण छुट दिइयो। राम्रो आम्दानी र मनग्य काम पाइने हुनाले नेपालवाट आउने धेरै विध्यार्थीहरुले यस पेशालाई आफ्नो कार्यक्षेत्र रोज्न थाले। बिशेषत अस्ट्रेलियामा एज्ड केयर वा वृद्ध स्याहार केन्द्रहरूमा काम गर्न चाहनेहरुले सैद्धान्तिक शिक्षाका साथै विशेष तालिमहरू लिनु पर्ने व्यबस्था छ। जसमा सर्टिफिकेट थ्री इन इन्डिभिजुअल केयर (नर्सिङ सहायक) हुन चाहिने न्यूनतम योग्यता हो। यसका लागि विध्यार्थी तथा अन्य व्यक्तीहरुले न्युनतम आवश्यकता पुरा गरेपछि उनीहरूले व्यक्तिगत स्याहार सम्बन्धी प्रमाण पत्र पाउँछन्। त्यसपछि भने सर्टिफीकेट फोर इन इन्डिभिजुअल केयर

सर्टिफिकेट थ्री इन इन्डिभिजुअल केयर (नर्सिङ सहायक) हुन चाहिने न्यूनतम योग्यता हो भने यसका लागि मान्यता प्राप्त कोर्स दर्ता भएका रजिस्टर्ड ट्रेनिङ अर्गनाजेसनहरू आवश्यक पर्दछन। यसका लागि लागी विद्यार्थीहरूले कुल १४ वटा युनिट पढेको हुनुपर्छ।

ती मध्ये १० अनिवार्य र ४ ऐच्छिक युनिटहरू पर्दछन। त्यती मात्र होइन यसका लागि अनुभव संहाल्न १२० घण्टाको प्लेसमेन्ट (अभ्यास तालिम)को आवश्यकता जरुरी पर्दछ। 

पछिल्लो समयमा भने यस्ता तालिम वा शिक्षा पूरा नगरेका वा नलिएका व्यक्तिहरूलाई पैसा लिएर यस्ता प्रमाणपत्र धमाधम बितरण गरिएको गुनासो आउन थालेपछि बजारमा चर्चा चुलिएको हो। यस्ता प्रमाणपत्र लिएर काम खोज्दै हिडेका विध्यार्थीहरुलाई पढेको कलेज र अनुभव लिएको स्थानका बारेमा समेत जानकारी नहुनेभएपछि कयैन एजकेयरहरुले काम दिन नसक्ने बताएको स्वयं एक पीडित विध्यार्थीले बताए। साथी भाइले हिड पैसा तिरेपछि  सर्टिफीकेट पाइन्छ भने र गइयो। कलेज पनि गएको होइन ,तालिमपनि लिएको होइन तर सर्टिफीकेट पाइयो। अहिले बुझ्दैगर्दा कुरो अलि गडबड रैछ , नाम नबताउने शर्तमा ति विध्यार्थीले भने। 

प्रमाणपत्रमा अस्ट्रेलियाको युएसआइ अर्थात युनिक स्टुडेन्ट आइडन्टीफीकेसन नम्बर समेत हुने हुनाले भोलिका दिनमा काममा केहि दुर्घटना भएको खन्डमा विध्यार्थी कारबाहीको घेरामा पर्न सक्ने देखिन्छ। कुनैपनि नर्सिङ होममा काम गर्ने विध्यार्थीले बिना अनुभव र अध्यनबिनानै काम गर्दा इसता दुर्घटना घट्ने संभावना समेत बढि रहन्छ।

यस्ता संवेदनशिल पेशाहरुमा एउटा सानो गल्तीले बिरामीको ज्यान जोखिममा पर्न सक्ने र जाँचबुझ भएमा विध्यार्थीको भबिष्य समेत बिग्रन सक्ने हुनाले यस्तो भएको छ भने कानुनी कारबाहीको घेरामा ल्याउनुपर्ने क्यानबेराका रजिष्ट्रड नर्स प्रदिप तिम्सीना बताउछन। आरपीएलका नाममा बिना प्लेसमेन्ट र अध्यापन सर्टिफीकेट प्रदान गर्नु भनेको गैर कानुनी हो ,यसैले यस्ता कार्यहरु रोक्न र विध्यार्थीहरुलाई यसरी सर्टिफीकेट नलिन तिम्सीनाले आग्रह समेत गरेका छन। बिगत केहि महिनादेखि उनले आफुकहा पनि यस्ता खाले केहि प्रमाणहरु आएको बताएका छन। 

आरपील अर्थात रीकोनाइज प्रायर लर्निङ भनेको सम्वन्धित अनुभव र ज्ञानलाई प्रमाणीत गर्नु पनि हो। यो प्रमाणपत्रको खेलमा पनि सरकारको यसै सहलियतको आधारमा बढि चलखेल हुने गर्दछ। असम्वन्धित पढाइका ब्यक्तीलाई समेत नक्कली अनुभवको प्रमाणपत्रका आधारमा धमाधम यस्ता प्रमाणपत्रहरु बितरण गर्दै आएको आरोप समेत लाग्न थालेको छ। 

राज्यको निगरानीमा परेका केहि कलेजहरुको नाममा यो धन्धा मौलाउदै आएको छ। पुरानो तिथि मिती राखेर त्यस्ता कलेजका नाममा नक्कली सर्टिफीकेट बाडने धन्धामा केहि नेपाली शैक्षिक केन्द्रहरु समेत लागेको बुझीएको छ। यसमा रकडेलमा रहेका दुइ शैक्षिक परामर्श केन्द्रहरु र क्याम्सीमा रहेको एक आरपीएल ट्रेनिङ सेन्टर समेत सक्रिय रहेको एक भुक्तभोगीले बताए। क्याम्सीमा एक दीनमै आफुले सर्टीफीकेट  पाएको बताउने वीध्यार्थी  अहीले के गरम नगरम भनेर पछुतो गर्दैछन्।

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update