Canmandu
सावित्रा र अनिता गोलमा नेपालको विजयी सुरूआत

छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबलमा नेपालले सानदार विजयी सुरूआत गरेको छ।

मंगलबार काठमाडौंमा भएको उद्घाटन खेलमा भुटानलाई ४-० गोल अन्तरमा हराउँदै विजयी सुरूआत गरेको हो।

नेपालले पहिलो हाफमा एक गोल गरेको थियो। मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध थप तीन गोल गर्‍यो। त्रि

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी थिइन्। उनले खेलको १२औँ मिनेटमा अमिषा कार्कीको पासमा गोल गरेकी हुन्।

वर्षाका कारण खेल केही समय प्रभावित बनेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले थप तीन गोल गरेको हो।

मध्यान्तरपछि सावित्रा भण्डारीले एक तथा अनिता बस्नेतले दुई गोल गरिन्।

भण्डारीले खेलको ६८औँ मिनेटमा तथा बस्नेतले खेलको ७३औँ र ८४औँ मिनेटमा गोल गरेकी हुन्।

साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छन्।

सहभागी सात वटै राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा नेपालसहित श्रीलंका र भुटान छन्।

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update