Canmandu
मेलबर्नमा नेपाल महोत्सबको तयारी पुरा

मेलबर्नमा भोलि शनिबार हुने नेपाल महोत्सवको सबै तयारी पूरा भएको छ।

एनआरएनएए भिक्टोरिया राज्य समितिले आयोजना गर्ने नेपाल महोत्सबको सबै तयारी पुरा भएको एनआरएनएए भिक्टोरिया राज्य समितिका संयोजक एवम् एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष हरि खड्काले जानकारी दिए।

मेलबर्नको ऐतिहासिक स्थल फेडेरेसन स्क्वायरमा हुने नेपाल फ़ेस्टिभलले अस्ट्रेलियामा नेपाली कला, सस्कृति र पर्यटन प्रबर्द्धन गर्ने खड्काले बताए।

‘नेपाली पहिचानलाई विश्वमाझ पुर्‍याउनु, नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नु, नेपाली एकता तथा सद्‍भावको संदेश विश्वमाझ पुर्‍याउनु, नेपाली भाषा, कला, संस्कृति, परम्परा, खाना लगायत नेपाली मौलिकताको प्रवर्द्धन गर्नु र नयाँ पुस्तालाई नेपालको माटोसँग जोड्ने यस महोत्सवको मुख्य उद्देस्य हो’, संयोजक खड्काले भने।

एन आर एन ए अस्ट्रेलियाको सिग्नेचर कार्यक्रमको रूपमा स्थापित भइसकेको महोत्सव अस्ट्रेलियाको हरेक राज्यमा हरेक दुई-दुई वर्षमा हुँदै आएको छ।

नेपाली भेषभुषा झल्कने विभिन्न जनजातिको पहिरनमा सजिएर नेपालीहरू भोलि बिहानको परेडमा सहभागी हुने कार्यक्रम छ।

कार्यक्रममा अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाश राज पोखेरलसहित भिक्टोरिया राज्यका उर्जा तथा वातावरण मन्त्री लिली डी एम्रेसियो, शिक्षा तथा महिला मन्त्री नाताली हचिन्स लगायत २० जना सांसद र ६ जना मेयरको सहभागिता हुनेछ।

कार्यक्रममा अस्ट्रेलियाका विभिन्न राज्यका नेपाली महावाणिज्यदूतहरू तथा भारत, बंगलादेश र पाकिस्तानलगायत एसियाली मुलुकका महावाणिज्य दूतावासका प्रतिनिधिले सहभागिता जनाउनेछन्।

अस्ट्रेलियामा नेपाल र नेपालीलाई चिनाउने मुख्य उद्धेश्य साथ हुने महोत्सवमा ४६ वटा स्टल राखिनेछ।

कोरोनाको प्रभावपछि एकताको सन्देश र आपसी भाइचारा साट्ने थलोको रूपमा ‘मेलवर्न महोत्सव’लाई लिइएको जनसम्पर्कका नेता देवेन्द्र बस्नेतले बताए। ‘लामो समयपछि नेपाली समाज एकै ठाउँमा रमाउन र मुलुकको पहिचान बढाउन लागि परेको छ यो सुखद शन्देश हो’, बस्नेतले भने।

महोत्सवलाई ब्लुबेरी रियल स्टेटले मुख्य प्रायोजन गरेको छ। यस्तै एक्सपर्ट एजुकेशन, कडेँल कन्सल्टेन्सी, तास कलेज, आरजीआइटी, ग्रेस इन्टरनेशनल र अस्ट्रेलियन एन्सिच्युट अफ आइएर एजुकेशनले सहयोग गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update