Canmandu
मेलबर्न नेपाल फेस्टिवल,  फेडरेसन स्क्वायर नेपालमय

गएको शनिबार (सेप्टेम्बर १०) अष्ट्रेलियाको मेलबर्न नेपालमय बन्यो। 

नेपाली भाषा, कला, संस्कृति, पर्यटन र नेपालीपनलाई अस्ट्रेलियाका विभिन्न समुदायबीच प्रवर्द्धन गर्ने उद्धेश्यले नेपाल महोत्सवको आयोजना गरिएको हो।

नेपाली खाना, नेपालको ऐतिहासिक तथा परात्वातिक महत्व अनि हाम्रो गौरवगाथा झल्किने नेपाल हाउस, कला संस्कृतिको पहिचान अनि गीत संगीतको रौनकले शनिबार मेलबर्न नेपालमय भएको थियो।

हरेक दुई वर्षमा आयोजना हुँदै आएको ‘नेपाल फेस्टीभल’  यसपालि पनि मेलबर्नस्थित फेडरेसन स्क्वायरमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित भब्य रूपमा मनायो।

एनआरएनए अष्ट्रेलियाको सिग्नेचर कार्यक्रमका रुपमा आयोजना गरिएको नेपाल फेस्टिभल भब्यताका साथ सम्पन्न भएको छ । 

शनिबार बिहान ११ बजे मेलबर्नको टेजररी विल्डिङबाट परेड सुरु गरेर नेपाल फेस्टिभलको शुभ मुहर्त गरिएको थियो। नेपाल र अष्ट्रेलियाको झण्डा फरफराउँदै फेडेरेशन आइपुगेको परेडमा कुमारी, बुद्ध, पञ्चेबाजा तथा विभिन्न संस्कृतिको मौलिक नृत्यले महोत्सवलाई आकर्षण बनाएको थियो।

परेडमा राजदूत कैलाश पोख्रेलदेखि एनआरएनए आईसीसी, एनसीसी र एसीसीका सबै पदाधिकारीको उपस्थिति थियो। 

फेस्टिभलको विशेष अतिथिका रुपमा भिक्टोरीया राज्यका महिला तथा शिक्षा मन्त्री नतालि हुचिहिन्स, उर्जा मन्त्री लिलि एम्ब्रोरोसियो, लेबरका फेडरल एमपी पिटर खलिल, लिभरलका फेडरल एमपी डेभिड कोल्म्यान, मेयर, काउन्सिरल लगायत विभिन्न अन्य सरकारी विभागका प्रतिनिधिहरू सहभागि भएका थिए।

फेस्टिभललाई भब्य बनाउन भिक्टोरीयाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन, एनआरएनए आईसीसी अपाध्यक्ष दुर्गा आचार्य, सचिव नारायण काफ्ले, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरूङलगायत विभिन्न राज्यबाट एनआरएनका संयोजक तथा प्रतिनिधिको उपस्थिति थियो।

महोत्सवमा करिब २० हजार मानिसको सहभागिता भएको एनआरएनए भिक्टोरियाका संयोजक हरि खड्काले बताए। 

एकदेखि तीन बजेसम्म औपचारिक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रलाई सम्बोधन गर्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले नेपाली पहिचानलाई विश्वमाझ पुर्‍याउनुका साथै नेपालको पर्यटन प्रर्वद्धनमा महोत्सवले सहयोग गरेको बताए।

उनले कुनै जातजाति, राजनीतिक पार्टीको भन्दा पनि नेपाली भएर सिंगो समूदायको हित र पहिचानमा जोड दिनुपर्ने राजदूत पोखरेलले बताए। 

‘नेपाली एकता तथा सद्भावको सन्देशलाई विश्वमाझ पुर्‍याउनु, नेपाली भाषा, कला, संस्कृति, परम्परा, खानालगायत नेपाली मौलिकताको प्रवर्द्धन गर्नु र नयाँ पुस्तालाई नेपालको माटोसँग जोड्न यस्ता महोत्सवले महत्वपूर्ण भुमिका खेल्छ’, राजदूत पोखरेलले भने। 

शिक्षा मन्त्री नतालि, उर्जा मन्त्री लिलि, फेडरल एमपीद्वय पिटर र डेभिडले नेपाली संस्कृति सुन्दर र धनी रहेको बताएका थिए।

हरेक दुई वर्षमा मेलवर्नमा आयोजना हुने नेपाल महोत्सव आफैंमा एउटा महत्वपूर्ण चाड बनेको र यसमा अस्ट्रेलियाका विभिन्न राज्यबाटसमेत प्रतिनिधित्व रहेको भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योन्जनले बताए।

औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएपछि सुरु गरिएको विभिन्न नृत्यसहितको सांगीतिक कार्यक्रमले फेस्टिभलको माहोल तातिएको थियो। 

महोत्सव सफल पार्न नेपाली अवैतनिक महावाणिज्यदूतका कार्यालय, क्यानबेरास्थित नेपाली राजदूतावास, बहुसांस्कृतिक समुदाय तथा बहुसांस्कृतिक विभाग लगायत नेपाली संघसंस्थाले सहकार्य गरेका थिए। 

महोत्सव र मेला आफैंमा मुलुक चिनाउने माध्यम भए पनि नेपाल महोत्सव भने विशेष गरि एनआरएनको सिग्नेचर कार्यक्रमका रूपमा रहदै आएको आयोजक एनआरएनका सचिव सन्ध्या शाहले बताइन्। 

महोत्सवलाई ब्लुबेरी रियल स्टेटसहित एक्सपर्ट एजुकेशन, कँडेल कन्सलटेन्सी, तास कलेज, आरजीआइटी, ग्रेस इन्टरनेशनल र अस्ट्रेलियन एन्सिच्यूट अफ आइएर एजुकेशनले सहयोग गरेका थिए। 

कोरोनाको प्रभावपछि एकताको सन्देश र आपसी भाइचारा साट्ने थलोको रूपमा समेत महोत्सवलाई लिइएको र त्यो अत्यन्तै उत्साहवर्द्धक रूपमा सम्पन्न भएको जनसम्पर्कका नेता देवेन्द्र बस्नेतले सुनाए। कार्यक्रममा एनआरएन ग्लोबलका उपाध्यक्ष दुर्गा आचार्य, उप महासचिव नारायण काफ्ले, क्षेत्रीय संयोजक दिनेशराज जोशी लगायतले मन्तब्य राखेका थिए। 

कार्यक्रममा नेपालका विविध परिचयसहित जानकारी गराउने उद्धेश्यले राखिएको नेपाल हाउस लगायत विविध कला संस्कृति झल्काउने स्टलहरुको व्यवस्था गरिएको थियो।

महोत्सवमा आफ्नो व्यवसाय प्रवर्द्धन गर्न विविध शैक्षीक निकाय तथा परामर्श केन्द्रले स्टल राखेका थिए। 

सिड्नीबाट एक्स्ट्राटेकको व्यवसाय विस्तारका लागि मेलवर्न महोत्सवमा पुगेका निर्देशक विनोद कुँवरले नेपाल र नेपालीका लागि मात्र नभएर अस्ट्रेलियनलाई नेपालको चिनारीका लागि पनि यस्ता महोत्सव महत्वपूर्ण रहेको बताए।

फेस्टिभलमा लोक दोहोरी गायक बद्री पंगेनी, गायिका एलिना चौहान र व्याण्ड कववेभले दमदार प्रस्तुति दिएका थिए। नेपाली कला संस्कृतिको पहिचान झल्काउने सांस्कृतिक कार्यक्रम र गायन, नृत्यले फेस्टिभलमा सहभागि सबैको ध्यान तानेको थियो ।

306155482_10159978030992199_3701164870747447856_n1663082140.jpg

302092765_6535070906525647_3840618205143793015_n1663082136.jpg

301655560_10228096088050260_9039856362758604917_n1663082135.jpg

1 mahotsab1663082133.jpg

2 mahotsav1663082132.jpg

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update