Canmandu
नोभेम्बर १९ मा ‘नेपाल महोत्सव’ हुँदै, पहिलो पटक सहर बाहिरको बरउड पार्कमा

आगामी नोभेम्बर १९ मा सिड्नीको बरउडपार्कमा नेपाल महोत्सव हुने भएको छ।

नेपाली भाषा, कला, संस्कृति, पर्यटन र नेपालीपनलाई अस्ट्रेलियाका विभिन्न समुदायबीच प्रवर्द्धन गर्ने उद्धेश्यले हरेक दुई वर्षमा आयोजना हुँदै आएको छ।

सधैं शहरको मुख्य केन्द्रमा डार्लिङ हार्वरमा आयोजना हुँदै आएको ‘सिड्नी नेपाल महोत्सव’ यस पटक फरक र अलग पहिचानका साथ शहरवाट थोरै बाहिर बरउड पार्कमा आयोजना हुन लागेको एनआरएन एनएसडब्लु संयोजक देव गुरूङले जानकारी दिए।

सहज पार्किङ र फराकिलो स्थान र सबैको लागि शुलभ स्थानका रूपमा परिचित बरउड क्षेत्रमा महोत्सव गरिन लागेको आइतबार पत्रकार सम्मेलन गर्दै संयोजक गुरूङले स्पष्ट पारे।

संयोजक देब गुरूङले महोत्सवमा अस्ट्रेलियाको प्रधानमन्त्रीदेखि मल्टी कल्चर मन्त्री समेतलाई निमन्त्रणा दिइएको जानकारी दिए।

अस्ट्रेलिया र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई जोड्ने र पर्यटन प्रवर्द्धन गर्न एनआरएन अस्ट्रेलियाको एनएसडब्लु राज्य समितिद्धारा आयोजना गरिँदै आएको महोत्सवलाई नेपाल चिनाउने प्रतिबिम्बको रूपमा हेरिने एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले बताए। 

एक लाख चालिस हजार डलर बजेट रहेको महोत्सवमा प्रायोजक, स्टल र सहयोगीबाट रकम उठाइने लक्ष्य रहेको उनले बताए। कार्यक्रमको मुख्य प्रायोजकका रूपमा क्वीन्सफोर्ड कलेजले हात बढाएको कार्यक्रममा कोषाध्यक्ष पोखरेलले जानकारी गराए । 

festiv11663556853.jpg

पत्रकार सम्मेलनमा बोल्दै एनआरएन एनएसडब्लु समितिका सचिव विनोद कुँवरले एनआरएनको सिग्नेचर इभेन्टका रूपमा रहेको नेपाल महोत्सवको आफ्नै विशेषता र महत्व भएकोले यसलाई सफल बनाउन सिड्नीमा रहेको नेपाली समाज र अगुवाको सहभागिता महत्वपूर्ण रहने बताए। 

‘एनआरएन त आयोजक मात्र हो, महोत्सव त सिड्नीमा बस्ने सबै नेपालीको हो र यसका लागि सबैको सहभागिता जरूरी छ,’ सचिव कुँवरले भने।

कार्यक्रममा एनएसडब्लु राज्यकी कोषाध्यक्ष भावना श्रेष्ठले पहिलो पटक एनएसडब्लु राज्य समितिलाई महोत्सववापत अष्ट्रेलियन सरकारले सहयोग समेत गरेको सुनाइन्। 

कोषाध्यक्ष भावनाले मल्टी कल्चर न्यु साउथवेल्सले यस महोत्सवलाई १५ हजार चार सय डलर सहयोग गरेको जानकारी दिइन्। 

कार्यक्रममा महोत्सव तयारीको लागि बिभिन्न समिति बनाइएको छ। टास्क फोर्समा एनएसडब्लुका सबै डाइरेक्टर रहेका छन्।

महोत्सव सफल बनाउन ओसेनिया महिला संयोजक उषा बारीया पोखरेलको संयोजकत्वमा सांस्कृतिक समिति, एनआरएनकी सचिव सन्ध्या शाहको संयोजकत्वमा परेड, एनएसडब्लु उपाध्यक्ष स्वीकृति भट्टको संयोजकत्वमा नेपाल हाउस, सचिव बिनोद कुँवरको संयोजकत्वमा आइटी समिति, विक्रम दाहालको संयोजकत्वमा स्टेज व्यवस्थापन लगायतको टिम बनाइएको छ।

कार्यक्रममा रिदम ब्यान्डसँगै दिपक बज्राचार्यको टोलीले मनोरञ्जन पस्कने तय  भएको छ। कार्यक्रममा एनआरएनका पूर्व आइसीसी उपाध्यक्ष मन खत्री, एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष सुरेन्द्र सिग्देल, युवा अभियन्ता सत्य प्रकाश कँडेल, शैक्षिक व्यवसायी सुवास शाहलगायतको उपस्थिति थियो।

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update