Canmandu
रामचन्द्र पौडेलको नेतृत्वमा एकाको नयाँ नेतृत्व

रामचन्द्र पौडेलको नेतृत्वमा अस्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स (एका) को नयाँ नेतृत्व चयन भएको छ।

ग्रेस इन्टरनेशनलका पौडेलको अध्यक्षतामा भएको निर्विरोध नयाँ कार्य समितिको उपाध्यक्षमा एमजी एशोसियट्सका सूर्यभक्त खनाल र फोर कर्नरका कोमल राज पाठक तथा ग्लोबल कन्सल्टका योगेन्द्र पौडेल छन्। 

अस्ट्रेलियाको शैक्षिक परामर्शदाताको छाता संगठनका रूपमा रहेको एकाको सचिवमा दिनेश खनाल र सह सचिवमा एक्सपर्टका भुवनहरी पाण्डे छन्। 

नयाँ समितिको कोषाध्यक्षमा युवा अभियन्ता तथा टीम कन्सल्टका सत्यप्रकाश कँडेल चुनिए। कार्यसमितिका सदस्यमा दिपक केसी, सुमन अधिकारी, भुवनेश्वर सुवेदी र राम चालिसे निर्विरोध भए।

निर्वाचित पदाधिकारीलाई एक कार्यक्रमबीच निर्वाचन समितिका संयोजक तथा एकाका पूर्व अध्यक्ष निरज श्रेष्ठ र सदस्यहरू सरद भुसाल र भरत देबकोटाले एक कार्यक्रमबीच प्रमाणपत्र बितरण गरेका थिए।

कार्यक्रममा निर्वतमान अध्यक्ष भुपाल सिटौलाले कोरोना महामारीबीच पनि एकाले व्यवसायीक धर्मलाई पुरा गर्दै विद्यार्थीको वृत्ति विकासमा बिभिन्न कार्यक्रम ल्याएको अनुभव सुनाए। 

पूर्व अध्यक्ष सिटौलाले संस्था फराकिलो बन्दै गर्दा यसका दायित्व र चुनौती पनि बढेको महसुस गरेको बताउँदै नयाँ नेतृत्वलाई सफलताको शुभकामना दिए। 

कार्यक्रममा एकाका पूर्व अध्यक्ष विवेक थापा, पर्शुराम अधिकारी, अस्ट्रेलिया नेपाल पत्रकार संघका अध्यक्ष ऋषि आचार्य, जनसम्पर्क समितिका अध्यक्ष शुरेस गुरूङलगायतले बधाई तथा शुभकामना प्रदान गरेका थिए।

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update