Canmandu
मल्टी डाइनामिक अर्वनलाई अष्ट्रेलियाको लोकल बिजनेश अवार्ड

अष्ट्रेलियामा नेपालीको स्वामित्वमा रहेको मल्टी डाइनामिक अर्वनले यस वर्षको लोकल बिजनेश अवार्ड २०२२ जितेको छ।

सिड्नीमा नेपालीको घनाबस्ती भएको कम्बरल्यान्ड काउन्सिलले प्रत्येक वर्ष दिने लोकल बिजनेश अर्वाड यो पटक नेपालीको स्वामित्व भएको रियलस्टेट मल्टी डाइनामिक अर्वनले हात पारेको हो।

स्थानीय काउन्सिल क्षेत्रका उत्कृष्ट ब्यापारिक घरानालाई प्रदान गरिने यो पुरस्कार स्थानीयतहमा निकै महत्वपूर्ण मानिन्छ। 

यसअघि फाइनलसम्मको यात्रा तय गरेको मल्टी डाइनामिक अर्वनले फाइनलमा आफ्ना आधा दर्जन प्रतिस्पर्धीलाई उछिन्दै उपाधि हात पारेको हो। 

‘स्थानीय तहमा भए पनि काउन्सिलको यो अवार्डले हामीलाई रियलस्टेट क्षेत्रमा काम गर्न थप हौसला मिलेको छ’, उपाधि हात पारेपछि मल्टी अर्वनका प्रमुख डिल्ली ढकालले भने।

कुनै पनि संस्थाले स्थानीय तहमा गरेको काम र कार्यालयको व्यवस्थापन मापनपछि काउन्सिलले यो पुरस्कार प्रदान गर्दछ।

अस्ट्रेलियन भूमिमा रियलस्टेट पेशामा समेत नेपालीहरुको उल्लेख्य सहभागिता बढेको र अहिले आएर स्थानीय तहका पुरस्कार समेत हात पार्नु आफैंमा महत्वपूर्ण विषय भएको मल्टी अर्वनका निर्देशक विजय ज्ञवालीले भने।

काउन्सिलद्धारा आयोजित एक भब्य समारोहमा स्थानीय मेयरले सो उपाधि प्रदान गरेका थिए।

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update