Canmandu
फन्टास्टिक इभेन्ट्सको नेपाल म्युजिक महोत्सव स्थगित

सिड्नीस्थित फन्टास्टीक इभेन्ट्सले आगामी डिसेम्बर महिनामा सिड्नी, क्यानबेरालगायतका शहरमा आयोजना गर्न लागिएको नेपाल म्युजिक महोत्सव स्थगित भएको छ।

इभेन्ट्सले शुक्रबार सिडनीमा पत्रकार सम्मेलन गरि डिसेम्बर १६ देखि १९ सम्म आयोजना हुने सो सांंगीतिक कार्यक्रम विविध आर्थिक समस्या र लगातार कार्यक्रमको मिति जुधेको कारण स्थगित गरिएको जनाएको छ।

सिड्नीलगायतका शहरमा एकपछि अर्को कार्यक्रम भइरहेको अवस्थामा तिथि मिति जुध्नु तथा प्रायोजनको समेत समस्या परेको हुँदा अर्को मितिका लागि सारिएको फन्टास्टीक इभेन्ट्सले जनाएको छ।

इभेन्टसले आगामी अप्रिल महिनामा सो कार्यक्रम आयोजना गर्ने समेत जनाएको छ। कलाकारको प्रवेशाज्ञा लगायत सबै काम पुरा भइसक्दा पनि विविध कारण कार्यक्रम अर्को मितिमा सार्नुपर्दा संगीतप्रेमी तथा कलाकारलाई पर्न गएको असुविधाप्रति आयोजकको हैसियतले क्षमायाचना समेत गरेको छ।

317159178_1618668765233126_1880120211449975424_n1670039054.jpg

 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update