Canmandu
लिसा खड्काको नेतृत्वमा सिड्नीको अल ब्राइटमा लायन्स क्लबको नयाँ शाखा

लिसा खड्काको नेतृत्वमा लायन्स क्लब सिड्नी अन्तर्गत अल ब्राइटमा नयाँ शाखा खुलेको छ।

सिड्नीमा आयोजित  कार्यक्रममा लायन्स क्लबका डिस्ट्रीक गर्भनर भीन प्याङ, पूर्व डिस्ट्रीक गर्भनर सुनिल अमरातुंगा तथा पारामाटा सिटी काउन्सिलकी लर्ड मेयर डोना डेभिसले लिसा खड्कालाई बधाइ तथा शुभकामना दिए।

लायन्स क्लब अफ अल ब्राइटको चार्टर अध्यक्षमा लिसा खड्का, प्रथम उपाध्यक्षमा एलिसिया पेङ, द्धितिय उपाध्यक्षमा एनी जी भण्डारी, कोषाध्यक्षमा राचेल जिया गाओ छन्।

यस्तै लायन्स अल ब्राइटको बजार तथा सञ्चार संयोजकमा एनी जी भण्डारी, कार्यक्रम संयोजकमा सराह भारद्धाज छन्।

यस्तै लायन्स अल ब्राइटकै कार्यसमिति सदस्य तथा निर्देशकमा बेइ लुइ ,लुसी ब्रायन, कारेन एटास, समिक्षा खड्का, सुधिरा शाह र भिभियन कोङ छन्।

कार्यक्रममा डिस्ट्रीक गर्भनर लायन भिन पाङले नयाँ चार्टर अध्यक्ष तथा पदाधिकारीलाई सपथ तथा नयाँ शाखाको प्रमाणपत्र समेत प्रदान गरेका थिए।

कार्यक्रममा एनएएसडब्लुका लागि नेपाली महावाणिज्यदूत दिपक खड्का लगायतको सहभागिता थियो।

कार्यक्रममा नयाँ चार्टर अध्यक्ष लिसा खड्काले लायन्स क्लबले बोकेको समाजिक सेवाभावलाई अगाडि बढाउन आफूहरू लागिपरेको बताइन्।  

 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९, ११:५५:००

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update