Canmandu
रवि लामिछानेको उदयले मूल पार्टीलाई दिएको सन्देश

कांग्रेस र यसको नेतृत्वलाई गाली गरेर सामाजिक सञ्जाललमा स्टाटस लेख्दै गर्दा मलाई चाहीँ आज रवि लामिछानेको राजनीतिक उदयको बारेमा आफूले देखेको बुझेको केही लेख्न मन लागेको छ।

उनी अस्ट्रेलिया आउँदा एक जना व्यक्ति (नाम नलेखौं) ले १ मिनेट फोनमा गफ गराएकोबाहेक उनीसँग मेरो कुनै ब्यक्तिगत चिनजान अहिलेसम्म छैन।

तत्कालिन अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले वाङ्छु शेर्पासँग पैसा लिएर अस्ट्रेलियामा दूतावासको कर्मचारी बनाएर ल्याएको र उसलाई मानसिक तनाब दिएको प्रमाणसहित ‘सिधाकुरा जनतासँग’ मार्फत पर्दाफास गरेर अस्ट्रेलियाको राजदूत जस्तो गरिमामय पदबाट लक्की शेर्पालाई राजिनामा गर्न बाध्य बनाएका थिए।

यस्तै थुप्रै आर्थिक अनियमिताको कुरा र जनताले भोगेको सास्तीको कुरा मिडियामा ल्याएर राजनीतिक दलहरुको रबैयासँग वितृस्णा भएका जनताको मन थोरै समयमा जित्न सफल भएका थिए।

जनताको राजनीतिक दलप्रतिको बितृस्णा निकै ठूलो छ भन्ने कुरा बालेन शाह र हर्क साम्पाङको उदयलाई जो कोहीले सजिलै बुझेको र देखेको बेलामा रवि जतिको ब्यक्तिले त्यस सेन्टिमेण्टलाई सजिलै क्याच गर्न सकिन्छ भन्ने बुझे।

अनि सही समयमा सही निर्णय गर्दै अझ स्वतन्त्र पार्टीको नाम दिएर ‘चतुर प्लानर’ बनेर राजनीतिमा होमिएका रवि लामिछानेले छोटो समयमा जनताको विश्वास जित्न सफल भए।

उनको पार्टीको  सिद्धान्त र उनको ब्यक्तित्व भन्दा पनि राजनीतिक दलहरुको रबैयाप्रतिको जन बितृस्णा र रविले मिडियामार्फत जनताले भोगेका सास्तीलाई सबैको सामू ल्याउनु उनको सफलताको उपज हो।

उनको राजनीतिमा उदय भनेको अब राजनीतिमा आउन हिजो गरेको त्याग देखाएर त्यसको फल र्‍याल चुहाउने उमेरसम्म या माथि नपुगुन्जेलसम्म खाइरहन खोज्नु मात्र होईन। त्यसैगरि राजनीतिमा आउन  परिवारको खानपिन लगाइ खुवाइमा  परिवर्तन गर्न अर्थात पारिवारिक  क्रान्ति गर्न १७ हजार निर्दोषको ज्यान लिएर राजनीतिमा उदय हुनुपर्छ भन्ने पनि होईन भन्ने कुरालाई ब्यङ्ग्य हो कि भन्ने मेरो विश्लेषण हो।

हालको मन्त्रिमण्डल बिस्तारलाई हेर्दै गर्दा हिजोको उनको नियुक्तिमा मैले २ वटा पाटा देखेको छु। 

पहिलो पाटा, हेर्दा मैले उनी भाग्यमानी पनि देखेँ। देशको उपप्रधानमन्त्री र गृहमन्त्री जुन बिरलैले पाउछन त्यो पनि राजनीतिमा आएको छोटो समयमा। विश्वप्रकाश, गगन, गोकर्ण जस्ता ब्यक्तिले राजनीतिक यात्राको आजको दिन सम्ममा  यस्तो भाग्य  पाएका छैनन्।  जो सोझै जनताबाट चुनिने प्रधानमन्त्री छान्ने हो भने छानिने हैसियत बनाएका छन।

दोस्रो पाटा हेर्दा यिनको राजनीतिमा बढ्दै गएको क्रेज घटाउन केपी र प्रचण्डले सल्लाह गरेर राजनीतिक अनुभब नभएका यिनलाई देशको गृह मन्त्रालय चलाउन दिएर असफल बनाउने प्लान नि हुन सक्छ। किनकि, पञ्चायत ढाल्न सफल यी सत्ताका खेलाडीलाई राम्रोसँग थाहा छ- लोकतन्त्र ल्याउन कसरी सफल भइयो भनेर।

तर सरकार चलाउन देश बनाउन असफल भए। यिनीहरूलाई राम्रोसँग थाहा छ कि रवि पनि जनताको समस्या,पीडा देखाएर जनताको मन जित्न जति सफल थिए,  जिम्मेवारी पदको अनुभव नभएकाले प्रमुख जिम्मेवारीमा असफल हुँदा  सन्ख्याका खेलाडी लाई राम्रो सँग थाहा छ बेस्ट एमङ द वर्स्ट (Best among the worst) फेरि हुन सकिन्छ कि भन्ने। 

खैर यत्तिको चतुर  र भाग्यमानी ब्यक्तिलाई यो काम गरेर देखाउने राम्रो मौका पनि हो र उनले खुरापाति गेम प्लानको शिकार नि हुन सक्छु भन्ने राम्रोसँग बुझेका छन्।

जे होस रबिलाई जनताले दिन सक्ने चिज सबै दिइसके। अब उनले जनतालाई दिएको बाचा पुरा गर्न सक्छन कि सक्दैनन् भन्ने हेर्न बाँकी छ। देखाउन सक्ने/नसक्ने अब समयले रविलाई जनतासामू देखाउने नै छ। कि त राम्रो काम गरेर कि त गफाडी बनेर।

त्यसैले अहिले उनले कुशलता देखाएर समस्या पहिचान गरेर जनताको मन जसरि जितेका थिए ती समस्याको समाधान गरेर जनताको हितमा काम गरून्  भन्ने शुभकामना दिन तपाईं हामीले  कन्ज्युस्याइ गर्नु हुन्न। देश र जनताको हितमा राम्रो काम गर्छन् भने १० वटा रविको उदय  हुँदा केही फरक पर्दैन।

अब अलिकति मूल पार्टीहरूको बारेमा तथ्यांक अनुसार छोटो विश्लेषण गर्दैछु। 

२०४६ पछिको नेपालको जनसंख्या वृद्धिदर हेर्ने हो भने करिब २ जेनेरेशन बालिग वृद्धदर (१८ बर्ष नाघेका ), त्यसै गरी २०६० को लोकतन्त्र पछिको हेर्ने हो भने १ जेनेरेशन बालिग वृद्धिदर भइसकेको छ।

पञ्चायत भोगेका करिब ७० प्रतिशत माथि पुगिसकेका र बाँकी पनि अबको ५ वर्षमा धेरै नै माथी पुग्ने सम्भावना भएको तथ्य  सत्य हो।

त्यसैगरि  २०४६ को आन्दोलन देखेका भोगेका हामी जस्ता करिब ४० प्रतिशत विदेश पलायन भइसकेको तथ्य अहिलेका माउ पार्टीले नबुझ्ने हो र र्‍याले सिँगाने भएर ओछ्यानमा बसेर देश हाक्छु भन्ने सोचाइमा परिवर्तन नगर्ने हो भने अहिलेको २ जेनेरेशन बालिगले अब माथि गएर त्यहीँ सिण्डिकेट चलाउनुस् भनेर हस्त हजुर भन्ने सम्भावना छ।

त्यसैले माउ पार्टीहरूका नेताहरुले आफू माथि जादा पार्टी पनि सँगै लिएर नजाने सोचाइ छ भने यो निर्वाचनको परिणामले आफ्नो  पार्टीमा २ जेनेरेसन बालिगको चाहना अनुसार पार्टी रूपान्तरण गर्नुपर्ने देखिएको छ।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update