Canmandu
अष्ट्रेलियामा सडक दुर्घटनामा परी एक नेपाली विद्यार्थीको मृत्यु

अष्ट्रेलियाको सिड्नीमा सडक दुर्घटनामा परेर एक नेपाली विलार्थीले ज्यान गुमाएका छन्।

स्थानीय प्रहरीका अनुसार पश्चिम सिड्नीको हवरफिल्डमा मोटरसाइकल दुर्घटनामा परि नेपाली विद्यार्थीको ज्यान गएको हो।

साथीको मोटरसाइकल मागेर चलाएका मृतकले सडकछेउको ट्राफिक पोलमा ठोक्किएर ज्यान गएको प्रहरीले जनाएको छ। 

यस्तै गर्मी बढेसँगै अष्ट्रेलियामा समुद्री किनारमा पुगेका नेपालीहरू दुर्घटनामा पर्ने क्रम बढेको छ।

पछिल्ला वर्षहरूमा थुप्रै नेपाली विद्यार्थीले अस्ट्रेलियाको समुन्द्री किनारमा पानीमा डुबेर ज्यान गुमाएका छन्।

सिड्नीको क्रोनाला बिचमा बुधबार साँझ पानीमा रमाइलो गर्न गएका तीन नेपाली विद्यार्थी दुर्घटनामा परेका छन्। 

समुन्द्री किनारमा पौडी खेल्ने क्रममा उनीहरूलाई समुद्री छालले बगाएको थियो। जसमध्ये एक जनालाई ढुंगामा र अर्कोलाई बालुवामा छालले हुत्याइदिएको थियो।

यस्तै एक जना युवतीलाई छालले हुत्याउदै निकै परसम्म पुर्‍याएको एक प्रत्यक्षदर्शीले जानकारी दिए।

लाइफगार्ड समेत नभएको समयमा गहिरो पानीमा डुबेकी ती छात्रलाई स्थानीय पौडीबाजले पानीबाट निकालेका थिए।

पानीमा डुबेर गम्भीर घाइते भएकी उनलाई प्राथमिक उपचारपछि हेलिकप्टरद्धारा नजिकैको कोग्रा हस्पिटलमा भर्ना गरिएको छ। फोक्सोमा पानी जमेका कारण उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

यस्तै ढुंगामा ठोकिएर सामान्य घाइते भएकी अर्की नेपाली युवतीलाई भने बिहिबार नै अस्पतालले सामान्य उपचार र चेकजाँचपछि डिस्चार्ज गरेको छ। बगरमा हुत्तिएकी अर्की युवतीको अवस्था सामान्य रहेको छ।

पौडीको सामान्य ज्ञान र समुन्द्रको अवस्था तथा सुरक्षाका विषयमा गम्भीर नभएकाले कयौ नेपाली विद्यार्थीले अस्ट्रेलियामा ठूलो पीडा भोग्नुपरेको छ।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update