Canmandu
सिड्नीमा  एक नेपाली युवती मृत अवस्थामा फेला

अध्ययनका लागि अष्ट्रेलिया आएकी एक नेपाली युवती मृत अवस्थामा फेला परेकी छन्।

नयाँ वर्षको दिन सिड्नीको वाट्सन वेमा २२ वर्षिया प्रनिता श्रेष्ठ मृत अवस्थामा फेला परेकी सिड्नीका नेपाल महावाणिज्यदूत दिपक खड्काले जानकारी दिए।

न्यु साउथ वेल्स प्रहरीले घटनाको अनुसन्धान गरिरहेको तथा पोष्टमार्टमपछि सबै थाहा हुने बताएको छ।

खड्काका अनुसार प्रनिता निकै मिलनसार र सहयोगी स्वभावकी थिइन्। प्रनिताको शव नेपाल पठाउन गोफण्डमीमार्फत सहयोग संकलन सुरू भएको छ।

नेपालमा परिवारको आर्थिक अवस्था कमजोर रहेको तथा शव पठाउन १० हजार डलर खर्च हुने भएकाले सहयोग संकलन गरिएको हो।

सहयोग संकलन गर्न गैर आवासीय नेपाली संघ न्युसाउथ वेल्सले समेत सघाउने भएको छ।

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update